0 COMMENTS
15722829_1147636362018118_1031244051_n
गायक साक्थिम योङ्या


बर्षौ भो छुटेको लौ आजै भेटै भो

मरेर लानु के छ र धान नाचौ घुमेर
हा ए हाए
धान नाचौ घुमेर

लिम्बु संस्कृतीमा आधारित यो मिठो लोक पप गीत अचेल प्राय गाउँ घरमा गुन्जिने गर्छ । हाट बजारमा निकै लामो समय पछी थाङ्बेन र मेन्छ्याको भेट भए पश्चात दुई दिनको जिन्दगीमा मरेर लानु के छ र बरु हाँसी राखौ धान नाची राखौ भन्ने भाव शब्द बाट स्पष्ट झल्कन्छ ।

झट्ट सुन्दा गीत मनोरन्जनको लागी तयार भएको जस्तो लागे पनि गीतको म्युजिक भिडीयोमा देखाईको च्याब्रुङ नाच देखी लिएर अनेकौ लिम्बु संस्कृती झल्कने दृश्यहरु देख्न सकिन्छ । साथमा लिम्बु भाषालाई पनि कलात्मक तरीकाले प्रयोग गरीएकोछ । यही गीत बाट हामी अन्दाज गर्न सक्छौ । यो गीतको गायकलाई कती मायाँ छ आफ्नो मौलिक भाषाको, आफ्नो संस्कृतीको धान नाच पालामको ।

एक दशक भन्दा अगाडीनै लिम्बु गीत ” सेन्छोङ्ला याम्मो लुङ्वा ए” रेकर्ड गरेरे संगीतिक यात्रा को सुरुवात गरेका पाँचथर हाङगुम निबासी गायक साक्थिम योङ्याको यात्रा यहाँ सम्म आई पुग्दा दुई दर्जन बढी गीत रेकर्ड गरी सकेकाछन् । कयौ गीत रचना गरेकाछन् कयौ गीतमा संगीत गरेकाछन् ।
१६ बर्षे कलीलो उमेरमै गायनमा लागेका सक्थिमको गीति एल्बम “याम्मो तुमीना” २०६० मै सार्वजनिक भई सकेको छ ।

सानै उमेर देखी गीत गाउन रुचाउने साक्थिम सरगम संगीतालय धरानमा गुरु बिनोद पृयोदर्शी राई बाट संगीतको औपचारिक शिक्षा लिएका थिए । लिम्बु भाषा र संस्कृतीको मायाँले गर्दा लिम्बु गीत गायनमा लागेका साक्थिमले बिभिन्न एल्बमहरुमा समेत आवाज दिएकाछन् ।

हाल केही साल देखी हङकङमा रहदै आउनु भएका साक्थिम झन्डै ५/६ बर्षको अन्तराल पछी दोहोरी एल्बम “गाउमै तन्नेरी ” सार्वजनिक गरी फेरी दर्शक स्रोता माझ नजिक आएकाछन् । लिम्बु गीत बाट गायन यात्रालाई सुरुवात गरेका साक्थिम अब भने नेपाली गीति एल्बमको तयारीमा जुटेकाछन् ।

यिनै संघर्षशिल गायक साक्थिम आफ्नो अतीतलाई सम्झिएर कहीले कही भाबुक हुने गर्छन् । गीत गाउने एल्बम निकाल्ने सपना बोकेर २०६२/६३ तिर काठमाडौ छिरेका सक्थिम दिन भर स्टुडीयो चहार्थे । भेट भएकाहरुले म टप रेकर्डिस म टप एरेन्जर भनेर परिचय दिन्थे , र साथ र सहयोग गर्ने आस्वसन दिन्थे तर चिया पिएर छुटिए पछी ति अग्रजहरु संग फेरी कहीलै भेट हुदैन थियो । यसरी एल्बम विकाल्ने सपना बकेर राजधनी छिरे पनि अन्त्यमा एउटा गीत सम्म रेकर्ड नगरी धरान नाईट बसमा चढी घर फर्कनु परेको त्यो दु:खद पल अझै पनि सम्झीरहन्छन् । यद्दपी यो भन्दा अगाडी मोफसलमै उनको केही लिम्बु गीतहरु भने रेकर्ड भई सकेको थियो ।

यती धेरै संघर्ष गर्दै कयौ लिम्बु गीतहरु रेकर्ड गरे पनि लिम्बु दर्शक स्रोताहरुले नचिन्दा निकै दु:ख लाग्ने कुरा बताउछन् सक्थिम । र के मैले नेपाली गीत छोडेर लिम्बु गीत मात्र गाउदा ओझेल पो परेको हो की । या ओझेल पारीएको पो हो की यस्तै कहीले कही उनको मन दोधार हुन पुग्छ ।

तर उनी थाकेको भने पटकै हैनन् , हारेर नेपाली गीत गाउन थालेको पनि हैन । उनले लिम्बु गीत गाउदा कहीलै स्वार्थ सम्झेनन् ।आफ्नो रीति संस्कृती सम्झीएर गाए र त उनको नेपाली गीतमा पनि लिम्बु संस्कृतीलाई जोड्न भ्याएकाछन् ।

यिनै संघर्ष बाट कहिले नथाक्ने गायक साक्थिम योड्या अब छिटै एल्बम “निम्तो” लिएर दर्शक स्रोता माझ आउदैछन् । उहाँको निम्तो आंगनीमा आउनेछ धुमधाम संग निम्तो संगै रमाउनेछौ हामी नाच्नेछौ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।