0 COMMENTS

काठमाडौं, १० पुस/  नेपाली कांग्रेसले पुरानै संरचनाअन्तर्गत स्थानीय निर्वाचन गर्नुपर्ने निश्कर्ष निकालेको छ । आइतबार बिहान बसेको कांग्रेस पदाधिकारीको बैठकले पुरानै संरचना अनुसार स्थानीय निकायको चुनाव गर्न उपयुक्त हुने ठहर गरेको हो ।
पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्न ठहर गर्दै निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गर्ने बैठकले निर्णय गरेको कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । संविधान कार्यान्वयका लागि चुनाव अपरिहार्य रहेकाले चाँडो मिति घोषणा गरेर चुनावको वातावरण बनाउनु पर्नेमा कांग्रेसले जोड दिएको छ ।सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपा माअोवादी केन्द्रले स्थानीय तहकै निर्वाचन हुने बताइरहँदा कांग्रेस पुरानै संरचनामा स्थानीय निकाय निर्वाचन गर्नुपर्नेमा जोड दिएको हो । कांग्रेस पदाधिकारी बैठक सोमबार पनि बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।