0 COMMENTS

रंन्जिता ढकाल,थापा, नेपालगंज,१० पुष / बेतहानी गाविस स्थित रहेको झोरा सामूदायिक बन उपभोक्ता समूहको अध्यक्षमा मरियम खाँ  ९७२ मत प्राप्त गरी बिजयी । बेतहानी गाविस स्थित रहेको झोरा सामूदायिक बन उपभोक्ता समूहको  मतदानमा मरियम खाँ बिजयी भइन उनले  आफनो प्रतिद्धन्दी रबिना खातुन लाइ २५ मतको अन्तरले पराजीत गरी निर्वा्चित हुनु भएको छ ।

 तेस्रो साधारण सभा सर्वसम्मती हुन नसके पछि शनिबार जिल्ला बन कार्यालयका सहायक बन अधिकृत अनिरुद्ध्र यादवको नेतृत्वमा रहेको निर्वाचन समितिले शनिबार मतदान प्रक्रिया सम्पन्न गरी मध्यरातीबाट मतगणनासुरु गरिएको र अन्तीम परिणाम आईतबार बेलुका सार्वजानिक गरिएको थियो । निर्वाचन समितिका संयोजक अनिरुद्र यादवले शान्तिपूर्ण रुपमा मतदान र मतगणन सम्पन्न गरिएको बताउदै मरियमले नेतृत्व गरेको पुरै प्यानल विजय भएको जानकारी गराएका थीए । यादवले विजय भएकाहरुलाई प्रमाण पत्र दिदै भने महिलाले नेतृत्व गरेको सामूदायिक बनको विकास भएको हेर्ने रहर बन कार्यालयलाई रहेकाले नमूना बन बनाएर देखाउने अाग्रह सहीत अध्यक्ष सहित टिमलाई सफलताको शुभ कामना दिनु भएको थियो ।

 नव निर्वाचीत अध्यक्ष मारिया खाँ ले उपभोक्ताका नाममा सम्बोधन गर्दै बन समितिको खस्कदो अवस्था देखेर आवश्यक सुधारका लागि सहयोगी निकाय सँग समन्वय गरि बनलाइ हराभरा बनाउने बताइन । उनले महिलाले नेतृत्व गर्न नसक्ने भन्ने गलत मानसिकता भएकाहरुलाई चुनौति दिदै उनले वनको वैज्ञानिक व्यवस्थापन अन्तर्गत वन स्रोत सर्वेक्षण, रुख नक्साङ्कन, पुनः उत्पादन गर्ने क्षेत्रमा रहेका रुखको गणना, प्रजाति, व्यास उचाइ र गुणस्तर समेत मापन गर्ने बताउदै उनले वनको वैज्ञानिक व्यवस्थापन गर्न आवश्यक अग्निरेखा निर्माण, पुनःउत्पादन कटान भएको क्षेत्रमा तारबार संरक्षण तथा पुनर उत्पादन अभिवृद्धि कार्यक्रम समेत लागु गर्ने ठोकुवा गर्नु भयो । उपभोक्ताहरुका समस्या आफुले नजिकबाट अनुभूति गरेको बताउदै अध्यक्ष मरियमले परिस्कृत रुपमा सुधारका कार्ययोजना बन कार्यालय संग समन्वय गरी लागु गर्ने प्रतीबद्दता ब्यक्तगरीन साथै पराजित भएकाहरुलाई निराश हुन जरुरी नरहेको बताउदै सबै जना मिलेर बनलाई हराभरा बनाउन तर्फ लाग्न अवहान गरीन ।नवनिर्वाचीत पदाधीकारी हरूमा अध्यक्ष मरियम खाँ  उध्यक्षमा पुत्तन खाँ,कोषाध्यक्षमा जैन्ब खाँ,सचिव दिलिप कुमार शर्मा,सहचिवमा जित बहादुर पुन सदस्यहरुमा असलम खाँ,राम फेरन कोरी,झबराना लोनिया सहित १६ जना निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

 मरियम खाँको प्यानलाई विजय गराउन नेपाली कांग्रेस,एमालेले पूर्ण रुपमा समर्थन गरेको थिए । विजय भए लगत्तै काग्रेस र एमाले निकटकाले बेतहानीमा बिसाल र्याली प्रदर्शन गरेका छन् । र्यालीलाई बेतहानीमा सम्बोधन गर्दै नेपाली काग्रेशका नेता नरेन्द्र चौधरीले महिला नेतृत्व आजको आवश्यकता नेपाली काग्रेसको चाहना रहेकोले सोही चाहना अनुरुप झोरा बनमा महिलाले नेतृत्व पाएको म खुशी व्यक्त गर्दै सम्पूर्ण नेपाली संगठीत भएर जंगल संरक्षण तर्फ ध्यान पुर्याउन जरुरी रहेको जिकिर गर्नु भयो ।

यस्तै एमालेको निर्वातमान जिल्ला सदस्य मोहम्मद साबिर खाँले बनलाई संरक्षण गर्न बैज्ञानिक पद्धति अपनाएर बनको संरक्षण गर्न महिलाहरुको महत्पूर्ण भूमिका रहने भएकोले झोरा बन निकट भविष्यमा नमूनाको रुपमा स्थापित हुने बताउनु भयो । बनलाई संरक्षण गर्न एमाले सदैब हातेमालो गरेर अगाडि बढने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।