0 COMMENTS

काठमाण्डाै२४असाेज०७६/सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या १२ पुगेकाे छ ।इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस आज बिहान सडकबाट २०० मिटर तल खस्दा कम्तीमा सात जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पचासभन्दा बढी घाइते रहेको स्थानीयवासी राजेन्द्र आचार्यले जानकारी दिए । क्षतिको थप विवरण आउन बाँकी नै छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनाको प्रकृतिले थप क्षति भएको हुन सक्ने देखिन्छ।

स्थानीयवासी आचार्यका अनुसार दुर्घटना भएको बसले यात्रुलाई अझै थिचिरहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्नेछ । स्काभेटर ल्याएर उद्धार गर्न लागिएको उनले बताए ।

पाँच जनाकोे सनाखत

प्रदेश नं ३का सामाजिक विकासमन्त्री युवराज दुलाल दुर्घटनास्थलमा पुगेका छन् ।हेलिकप्टर लिएर घटनास्थल आइपुग्नु पुगेका उनले घाइतेको उद्धारमा कुनै कमी हुन नदिन सुरक्षा निकायलाई निर्देशन दिनाका साथै अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिनुभयो ।

उक्त दुर्घटनामा मृत्यु भएका १२ मध्ये पाँच जनाको सनाखत भएको छ ।

सनाखत हुनेहरूमा काभ्रेका केदारनाथ महाजु, काभ्रे पाँचखाल नगरपालिकाकी सङ्गीता पुरकोटी, इन्द्रवती–९ का हीरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही नगरपालिका–१० का रितेश आचार्य छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।