0 COMMENTS

नेपाल भ्रमण बर्ष २०२० लाई घनिभुत रूपले सफल बनाउन धार्मिक क्षेत्रमा असाध्यै नाम कमाउनु भएका दक्षिण भारतकाे चर्चित गुरू स्वामी दिव्यानन्द लागि पर्नुभएकाे छ । नेपाल र नेपाली जनतालाई असाध्यै माया गर्नुहुने स्वामीकाे नेतृत्वमा बिभिन्न क्षेत्रमा नाम कमाउनु भएका भारत का ४० जना मुधन्य व्यक्तित्व सहित मैत्रीयात्रा सुरू हुन लागेकाे हाे । नेपाल र भारत बीचकाे सदियाैं देखिको धार्मिक तथा सांस्कृतिक सम्वन्धमा अापसी भाईचाराकाे माध्यम बाट थप उचाइमा पुर्‍याउन स्वामी दिव्यानन्द लागि पर्नुभएकाे छ । स्वामी दिव्यानन्दले नेतृत्व गर्नुहुने साे मैत्री यात्रा अक्टुवर १५ गते बिशेष कार्यक्रम गरि जगन्नाथ मन्दिर पुरि सिहंध्दार बाट सुभारंभ भै भारतका बिभिन्न मन्दिरहरू हुदै नेपालकाे भित्तामाेड नाकाबाट नेपाल प्रबेश गर्ने कार्यक्रम रहेकाे छ ।

राम जानकीकाे मन्दिर जनकपुरमा बिशेश पुजाअाजा सहित मैत्री यात्रीकाे टाेली पशुपतिनाथ अाउनुहुनेछ । पशुपतिनाथमा बिशेश पुजा गरेर काठमाडौ काे बिभिन्न मठ- मन्दिरमा पुजा अर्चना गरी भिजिट नेपाल २०२० काे महत्त्व र यसमा धार्मिक पर्यटन काे भुमिका बारेमा बिशेश पत्रकार सम्मेलन समेत गरी टाेली अक्टोबर २४ मा पुनः जगन्नाथ पुरी पुगेर मैत्री यात्रा सु- सम्पन्न गरिने छ । पर्यटन बर्षलाई सफल बनाउन अहाेरात्र खटिनु भएका युवाहरूकाे राेल माेडल पशुपति क्षेत्र बिकास काेषकाे सदस्य सचिव डा प्रदिप ढकाल काे निम्तोमा याे मैत्री यात्रा स्वामीले नेतृत्व गर्न लाग्नुभएकाे हाे । यतिबेला डा प्रदिप ढकाल भारतमा नै हुनुहुन्छ । ९ तारिख देखि भारतकाे बिभिन्न ठाउँमा धार्मिक पर्यटन भित्राउन कार्यक्रम मा रहनु भएकाे बुझिएको छ । डा. प्रदिप ढकाल समेतको उपस्थितिमा उडिसामा एक बिशेष पत्रकार सम्मेलन गरेर याे महाअभियानकाे बारेमा जानकारी गराईएकाे थियाे । नेपाल काे पशुपतिनाथ र भारत काे जगन्नाथ पुरीकाे बीचको सनातन र एतिहासिक सम्वन्धकाे बिज्ञ स्वामी दिव्यानन्दकाे तर्फबाट साे पत्रकार सम्मेलनमा स्वामी ज्युकाे परम शिष्य साध्वी कृष्णानन्द सरस्वतीले सहभागिता जनाउनु भएकाे थियाे । उहाँले स्वामी ज्युकाे अादेशमा अाफू अाएकाे र नेपाल भारत बीचकाे भावनात्मक जनताकाे तहमा भएकाे युगिन अात्मिय सम्वन्धलाई थप मजभूत बनाउन र नेपाल सरकारले घाेषणा गरेको भिजिट नेपाल २०२० लाई धनिभुत रूपमा सफल बनाउन याे मैत्री यात्रा काेशेढुङ्गाे सावित हुने बताउनु भयाे ।

जगन्नाथ पुरी देखि पशुपतिनाथ हुदै पुन जगन्नाथ पुरी सम्मकाे याे मैत्री यात्रा बीचमा पर्ने हरेक धार्मिक तिर्थस्थलकाे पूजा अर्चना गरि बिश्व शान्ति, अापसी भाईचारा, मानव कल्याण र जीव कल्याणकाे कामना सहित गरिने र यस्ले नेपाल भारत सम्वन्धमा एउटा नयाँ अायाम थपिने कुरा स्वामी ज्युकाे रहेको छ ।

नेपालले मनाउन गईरहेकाे भ्रमण बर्षलाई सफल बनाउन भारतमा सर्वाधिक चर्चित स्वामी दिव्यानन्द लागि पर्नु नै महान भएकाे भन्दै अाफूहरू स्वागतकाे लागि अातुर रहेकाे र काठमाडौं मा भव्य स्वागत गरिने कुरा पशुपति क्षेत्र बिकाश काेषकाे सदस्य सचीव डा. प्रदिप ढकालले बताउनु भएकाे छ । स्वामीकाे नेतृत्वमा हुने मैत्री यात्रा सफलताकाे कामना गर्दै स्वामी ज्युले नेपाल र नेपाली जनता प्रति देखाउनु भएकाे अथाह माया र प्रेम प्रति शतत नमन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।