0 COMMENTS

काठमाण्डाै३१भदाै/ नेपाली सेनाका शान्ति सेनामा सहभागी हुने सकलदर्जाले मिशनमा खट्टिएको अवधिमा प्राप्त गर्ने दैनिक भत्ता विवरण दरमा पुनरावलोकन गरेको छ । सैनिक ऐन, २०६३ बमोजिम गठित सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको मिति २०७६/०५/३० गते प्रधानसेनापति को अध्यक्षतामा बसेको बैठकको निर्णयबाट भत्तादरमा पुनरावलोकन गरी तल्लो दर्जा बन्दोवस्ती कार्य सिपाहीले हाल प्रति महिना प्राप्त गरिरहेको भत्तादर अमेरिकी डलर १०२९.०० मा अमेरिकी डलर ८५.०० थप गरि प्रति महिना अमेरिकी डलर १११४.०० पुर्याइएको छ । यसै गरि गण कमाण्ड गर्ने गणपति प्रमुख सेनानीको समेत हाल प्रति महिना प्राप्त गरिरहेको भत्तादर अमेरिकी डलर १३७८.०० मा अमेरिकी डलर २१.०० थप गरि प्रति महिना अमेरिकी डलर १३९९.०० कायम गरिएको छ ।

 अन्य मुलुकहरुको प्रचलित अभ्यास एवं सैनिक ऐन, २०६३ र सैनिक कल्याणकारी कोष नियमावली २०६५ को परिधिभित्र रही भत्तादर पुनरावलोकन गर्ने सम्बन्धमा अध्ययन कार्यदल गठन गरि सकलदर्जाबाट प्राप्त राय सुझावका आधारमा वृद्धि गरिएको भत्तादरको कारणले सैनिक कल्याणकारी कोषलाई वार्षिक करिब रु.४६ करोड ३० लाख व्ययभार पर्ने भएतापनि तल्लो तहका सकलदर्जालाई लक्षित गरी थप लाभान्वित गराउने उद्देश्यले भत्तादर वृद्धि गरिएको हो। यसरी
वृद्धि गरिएको भत्तादर १ अक्टोबर २०१९ बाट लागू हुने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।