0 COMMENTS

काठमाण्डाै३१भदाै/ संविधान दिवस २०७६ को उपलक्ष्यमा मिति २०७६ /०५/२६ गते काठमाण्डौ महानगरपालिका, नेपाली से*ना र नेपाल सरकार वातावरण विभागको सहकार्यमा हरियाली प्रवर्द्धन तथा विस्तार गर्ने उद्देश्यका साथ सुरु भएको वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिदै आज मिति २०७६ /०५/३१ गते त्रिपुरेश्‍वर चोकदेखि सुन्धारा नागस्थान चोकसम्म सडकको पश्‍चिमतर्फ र सुन्धारा चोक, भोटाहिटी चोक, जमल चोक हुँदै दरवारमार्ग महिन्द्र शालिकसम्म सडकको दुवैतर्फ वृक्षारोपण कार्यक्रम सम्पन्‍न भएको छ ।

उक्त वृक्षारोपण कार्यक्रममा कपुर, पोयले र कल्की जातका गरि करिव २५० वटा विरुवाहरुको वृक्षारोपण गरिएको थियो । उक्त वृक्षारोपण कार्यक्रममा  वन तथा वातावरण मन्त्रालय अन्तरगत वातावरण विभागका महानिर्देशक  आभा श्रेष्ठ,  काठमाण्डौ महानगरपालिकाका वातावरण विभागका प्रमुख  हरि कुमार श्रेष्ठ, नेपाली से*नाको उपत्यका पृतना हे.क्वा. अन्तरगतका सकलदर्जालगायत अन्य व्यक्तिहरु समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।