0 COMMENTS

धादिङ२३बैशाख/  उत्तरी धादिङको रुविभ्याली गाउँपालिका– ४ बोराङमा भिर मौरीको मह खाँदा १० जना बिरामी भएका छन् । बिरामीपर्नेमा २० वर्षीय हिमाल विक, ५२ वर्षीय नोप्चा लामा, ६२ वर्षीय च्याजोम तामाङ, २४ वर्षीय लालु विक, १५ वर्षीया सुष्मा तामाङ, १६ वर्षीय मे लामा तामाङ, ५५ वर्षीय कान्छा लामा तामाङ, हन्दिुङ निवासी ३५ वर्षीय तेसमान तामाङ र ४२ वर्षीया मेञ्जित माया तामाङ, ५२ वर्षीय चोकबहादुर तामाङ, रहेका छन् ।

बिरामीमध्ये तेसमान र कान्छा लामाको अवस्था गम्भीर रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनीहरुलाई उपचारका लागि हेलिकप्टरको सहायताले काठमाडौँ लगिएको छ । सामान्य बिरामी परेका अन्य आठ जनाको बोराङ स्वास्थ्य बिन्दुमा उपचार भइरहेको छ । आजको नेपाल समाचारत्रमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।