0 COMMENTS

वि.सं. २०७६ वैशाख २३ गते सोमबार तदनुसार ई. सं. २०१९ मई ०६ तारिख, वैशाख शुक्ल द्वितीया, कृतिका नक्षत्र, बृष राशिको चन्द्रमा, शोभन योग, बालब र कौलव करण, आजको चाडपर्व र उत्सव : चन्द्रोदय, त्रिपुष्कर योग बिहान ०४ बजेर २४ मिनेटपछि, आजको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), भोलिको चाडपर्व र उत्सव : परशुराम जयन्ती, अक्षय तृतीया, धर्मघटादि दान, त्रेतायुगादि, ललितपुर लुभुमा महालक्ष्मी भैरव यात्रा, किराँत समाजसुधार दिवस, कोटेश्वर महादेवमा शिवपार्वती विवाहोत्सव, भोलिको मूहुर्त : शुभविवाह, अग्निवास(होमादि),

आजका लागि अशुभ समय :
राहु काल : बिहान ०७:०३ देखि ०८:४२ सम्म, यमघण्ट : बिहान १०:२२ देखि १२:०१ सम्म, गुलिक काल : दिउँसो ०१:४१ देखि ०३:२० सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :
अमृत वारवेला : बिहान ०५:२३ देखि ०७:०३ सम्म र साँझ ०५:०० देखि ०८:०० सम्म, लाभ वारवेला : दिउँसो ०३:२० देखि ०५:०० सम्म, शुभ वारवेला : बिहान ०८:४२ देखि १०:२२ सम्म, भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा स्त्रीको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने अमला वा सक्खर खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आर्थिक दृष्टिले राम्रो दिन छ । नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको कदर हुने दिन हो । तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । दिदीबहिनीको सहयोग पाइने छ । आर्थिक क्षेत्र सबल रहने छ भने स्वास्थ्यमा पनि सकारात्मक सङ्केत देखिने छ । बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिन्छ । कार्य सफल हुँदै जानेछ । रमाइलो यात्रा हुनसक्छ । भौतिक साधनको जोहो गर्ने र मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । बोलीका भरमा काम फत्ते गर्न सकिन्छ ।

शुभरङ्ग : सेतो, शुभअङ्क : २, शुभदिशा : दक्षिण, इष्टदेवता : लक्ष्मी माता, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : ९, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : चेलीबेटी र कुटुम्बसँग नम्र व्यवहार गर्ने, के नगर्ने : फजुल खर्च

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण पनि तपाईंको पक्षमा रहनेछ । समग्रतामा अत्यन्त राम्रो परिणाम प्राप्त हुनेछ । आज नयाँ योजना कार्यान्वयन गर्ने दिन हो । शरीरमा उत्साह, उमङ्ग र स्फूर्ति प्राप्त हुनेछ । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न आजको दिन अनुकूल छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । पेसा र व्यवसायका विविध क्षेत्रमा सफलता पाइने छ ।

शुभरङ्ग : गुलाबी, शुभअङ्क : १, शुभदिशा : पूर्व, इष्टदेवता : हनुमान्, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ८, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः, न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : नैराश्यभाव त्याग गर्ने, के नगर्ने : कल्पनामा र भावनामा डुब्ने काम

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अहिलेको समय तपाईंको पक्षमा छैन । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्नसक्छ, अहिले सकेसम्म खर्चबर्चमा नियन्त्रण गरेकै जाति हुन्छ । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा तिक्तता आउन सक्छ, प्रतिकूल समय चल्दैछ । यात्राको योग छ तर यात्राबाट फाइदा छैन । घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

शुभरङ्ग : बैजनी वा पहेंलो, शुभअङ्क : ४, शुभदिशा : उत्तर, इष्टदेवता : कुल÷पितृदेवता, अशुभ रङ्ग : हरियो÷चम्किलो, अशुभ अङ्क : ७, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : खर्र्चमा नियन्त्रण, के नगर्ने : विलम्ब र ढिलासुस्ती

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन् । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । बौद्धिक र प्राज्ञिक उन्नयनको प्रयास सफल हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । समय उत्साहवद्र्धक रहला ।

शुभरङ्ग : नीलो, शुभअङ्क : ३, शुभदिशा : पश्चिम, इष्टदेवता : शिवजी, अशुभ रङ्ग : घिउरङ्ग÷क्रिम, अशुभ अङ्क : ६, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ सूर्यसुताय शनये नमः, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : बन्दव्यापार र लाभमूलक काममा लगानी, के नगर्ने : अनुशासन भङ्ग

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सामाजिक सम्बन्ध सुदृढ हुनेछ । कर्मक्षेत्रमा व्यस्त रहनु पर्ने दिन छ । पठनपाठनमा समय दिन सकिंदैन । प्रतिस्पर्धामा विजयी भइने छ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न सकिंदैन । पेसा÷व्यवसायमा भनेजस्तै लाभ मिल्नेछ । आर्थिकपक्ष कमजोर छैन, कर्मसिद्धिको समय छ, जेगरे पनि फाइदा नै छ । मान्यजन वा अभिभावकका इच्छापूर्तिका लागि समय दिनुपर्ने छ । मान्यजनको सद्भाव मिल्नाले आत्मबल तथा प्रतिष्ठाबृद्धिमा सहयोग पुग्नेछ । दिन बितेको पत्तो पाइने छैन, साँझ श्रममूलक काम गर्नेहरूले अलि बढी थाकेको अनुभूति गर्नेछन्, पौष्टिक आहारामा ध्यान दिनु राम्रो हो ।

शुभरङ्ग : कालो, शुभअङ्क : २, शुभदिशा : दक्षिण, इष्टदेवता : कुल÷पितृदेवता, अशुभ रङ्ग : कलेजी, अशुभ अङ्क : ५, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : जग्गाजमिन र घरायसी बन्दोवस्तीको प्रयास, के नगर्ने : अल्छीपन र अकर्मण्यता

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मान्यजनको आशीर्वाद पाउनु हुनेछ । हाँकेताकेका र चिताएका काममा सफलता मिल्नेछ । गरेका प्रयासमा भाग्यले साथ दिनेछ, अचानक हर्षित हुने समाचार मिल्नेछ, परोपकारी काममा खट्नु पर्नेछ । धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण भुमिका रहनेछ । टाढा रहेका आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न पाउनु हुनेछ । लामो दूरीको यात्रामा निस्कन वा यातायातको साधन किन्न अनुकूल छ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ । बन्दव्यापारबाट फाइदा हुनेछ ।

शुभरङ्ग : गाढा पहेंलो वा केशरी, शुभअङ्क : ९, शुभदिशा : पूर्व, इष्टदेवता : धर्मराज, अशुभ रङ्ग : चम्किलो÷उज्यालो, अशुभ अङ्क : ४, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : धार्मिक, सामाजिक र परोपकारी काम, के नगर्ने : अपमान

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ । स्वास्थ्यमा अचानक गडबडी आउनाले दैनिक कामकाजमा असर पर्नसक्छ वा गर्नैपर्ने कुनै काम रोकिन सक्छ । आज धननिवेश गर्नु र साक्षी÷जमानी बस्नु हुँदैन । अनाहकमा अरुले गरेका गल्तीको सजाय पनि आफैले भोग्नु पर्ने हुन्छ । यात्राबाट फाइदा छैन, त्यसैले धेरै टाढा जानु हुँदैन, चोटपटकको भय पनि छ, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत हुनुपर्छ । बोलीमा अङ्कुश लगाएको नै राम्रो हो, नत्र साथीभाइ टाढिन सक्छन् अनि बेकारको विवादमा फँस्न सकिन्छ । सोच नै उल्टो हुने भएकाले आज कुनै पनि नयाँ काम नथाल्नु होला ।

शुभरङ्ग : नीलो, शुभअङ्क : ८, शुभदिशा : उत्तर, इष्टदेवता : भगवान् महादेव, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ३, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः, न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : आवेग, संवेग, रिसराग र क्रोधमा नियन्त्रण, के नगर्ने : सट्टापट्टा र जोखिमपूर्ण काम

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । घरायसी सुखका वस्तुको किनमेल हुनसक्छ । प्रणयसम्बन्ध र रतिरागका लागि समय निकाल्न सकिने छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुनसक्छ । व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । भावुकता बढ्ने समय हो, प्रेमी÷प्रेमिकाको सामीप्यता बढ्ने छ । आफन्तका बीचमा आत्मीयता बढ्ने छ ।

शुभरङ्ग : हलुका रातो, शुभअङ्क : ७, शुभदिशा : पश्चिम, इष्टदेवता : राधाकृष्ण, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : २, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ कामदेवाय नमः, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : पति÷पत्नी र प्रेमी÷प्रेमिकाको भावनालाई बुझ्ने प्रयास गर्ने, के नगर्ने : कामुकता

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज आमा वा मामाको आशीर्वादले काम गर्न सक्छ । काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । देख्दा झिनामसिना र सानातिना काम भए पनि आजको कामले दीर्घकालिक उपलब्धी हासिल हुनेछ । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । विशेष ठाउँमा तपाईंको निर्णयको कदर हुनेछ । तर्क, बहस र वादविवादमा जीत हुनेछ । सहयोगीहरूले साथ दिनेछन् । कुनै कुरामा विचलित नभई लक्ष्यप्राप्ति तर्फ उन्मुख हुनु राम्रो हुन्छ । उद्योगधन्दा, कलकारखाना र बन्दव्यापारमा खटेजति सफलता हासिल हुनेछ ।

शुभरङ्ग : सेतो वा घुर्मैलो, शुभअङ्क : ६, शुभदिशा : दक्षिण, इष्टदेवता : विष्णु भगवान्, अशुभ रङ्ग : सुन्तले÷गुलाबी, अशुभ अङ्क : १, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः, न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : कुरा काट्ने र प्रतिद्वन्द्वीसित सतर्क रहने, के नगर्ने : मुद्दामामिला र झैझगडा

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन हो, आज । नयाँ कुरा सिक्न पाइने छ । अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन् । बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुने योग छ । बन्दव्यापार र पेसागत जीवनमा सामान्य छ । कुनै दीर्घकालिक योजनालाई मूर्त बनाउन आजको चिन्तन र उपाय महत्त्वपूर्ण बन्न सक्छ । विचारको कदर हुनेछ । भाइबहिनी र छोराछोरीका क्रियाकलापबाट सन्तुष्टि मिल्नेछ । तिनीहरूले खुसीको वातावरण सिर्जना गर्नेछन् । साथीभाइ र बन्धुबान्धवले आवश्यक मद्दत गर्नेछन् । खानपान र मनोरञ्जनका लागि राम्रै दिन छ ।

शुभरङ्ग : आकासे, शुभअङ्क : ९, शुभदिशा : पूर्व, इष्टदेवता : सरस्वती माता, अशुभ रङ्ग : कालो, अशुभ अङ्क : ३, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः, न्यूनतम जापसङ्ख्या : ०७, के गर्ने : आध्यात्मिक वा दार्शनिक विषयको ज्ञान लिने, के नगर्ने : अहङ्कार

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । यता घरैमा बस्नेले समेत सरलताको अनुभूति गर्नेछन् । काममा विविध चुनौतीको सामना गर्नु परे पनि सफलता हासिल हुनेछ । शरीर फुर्तिलो हुनेछ, जोस र जाँगर बढ्नाले आम्दानीमा बढोत्तरी हुनेछ । बन्दव्यापार फस्टाउने छ । घरगृहस्थी र पारिवारिक रमझममा समय व्यतीत हुनेछ । वैदेशिक रोजगारी गर्ने र प्रवास वा परदेशमा रहनेहरूले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना छ । चौथो चन्द्रमाले स्वास्थ्यसम्बद्ध समस्या ल्याउनसक्छ, तर डराई हाल्ने परिस्थिति छैन ।

शुभरङ्ग : कलेजी, शुभअङ्क : ४, शुभदिशा : उत्तर, इष्टदेवता : अष्टमातृका, अशुभ रङ्ग : गाढा नीलो, अशुभ अङ्क : २, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : आमाको वा बृद्ध स्त्रीको आशीर्वाद ग्रहण गर्ने, के नगर्ने : लोभ र मोह

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
समाजमा साख बनाउने उपयुक्त समय छ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । बन्दव्यापारका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय आएको छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित भइनेछ । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ ।

शुभरङ्ग : हरियो, शुभअङ्क : ३, शुभदिशा : पश्चिम, इष्टदेवता : गणेश, अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे, अशुभ अङ्क : १, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय महागणाधिपतये नमः, न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : परोपकारी र सामाजिक काममा मन दिने, के नगर्ने : दुःखीको अपमान

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।