0 COMMENTS

काठमाडौँ२३बैशाख / ओमानमा नेपाली कामदार निःशुल्क जान पाउने भएका छन् । सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने गरी नेपाल र ओमानबीच सहमति जुटेको छ । सहमति जुटेसँगै ओमानसँग पहिलोपटक श्रम सम्झौता हुन लागेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार ओमान जाने कामदारले सेवाशुल्कलगायत कुनै पनि तिर्नुपर्ने छैन । भिसा, शुल्क, टिकट, बिमा, स्वास्थ्य परीक्षण खर्च रोजगारदाताले नै व्यहोर्नेछन् । बिरामी भए औषधि उपचारसमेत रोजगारदाताले व्यहोर्नेछन् । विवाद, मुद्दामामिला भएमा पनि कामदारले निःशुल्क कानुनी सहायता पाउनेछन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।