0 COMMENTS

काठमाडौं२२बैशाख/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको चन्द्रागिरी नगरपालिकाका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

वैशाख २ गते २० हजार रुपैयाँ घुससहित पक्राउ परेका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराईविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।लेखा अधिकृत भट्टराई सडक मर्मत पश्चातको रकम भुक्तानीका लागि मागेको २० हजार रुपैयाँसहित पक्राउ परेका थिए ।

भट्टराईविरुद्ध २० हजार रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय माग गर्दै आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरिएको अख्तियारको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।