0 COMMENTS

बुटवल,०७ भदौ०७५ / मुलुकी संहिताले विशेष गरी सम्वन्ध बिच्छेदका क्रममा पुरुषहरुलाई धेरै मात्रमा राहत हुने देखिएको छ । मुलुकी ऐन लागु भएका ५ दिन भित्रमा गुल्मी जिल्ला अदालतमा फैसला भएको पाँच वटै मुद्धा एक सुको महिलालाई नदिलाई फैसला भएका छन् । त्यस अदालतका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले भने– ‘संहिता लागु भएको पाँच दिनमा पाँच वटै सम्वन्ध विच्छेदको फैसाला विना पैसा भएका छन् ।’

साउन मसान्तको मुखसम्म त्यसै जिल्लामा ५० लाखबाट वार्गेनिङ्ग हुने र २० लाखसम्म पुरुषलाई तिराएर डाढ् सेक्ने गरेका थिए अदालत बाहिरका अधिकारकर्मीहरुले । मेलमिलापका नाममा पुरुषलाई दबाब दिने र ठुलो रकम तिराउने क्रमको पछिल्लो चरण अर्थात संहिता लागु हुनुको एक हप्ता अघि मात्र एउटी महिलाले १० लाख नगद बुझेर सम्बन्ध विच्छेद मेलमिलापमा गराएकी थिईन् ।

श्रीमान र घर परिवारको स्वीकृति विना विभिन्न शहरमा गएर बस्ने र लामो समयपछि फर्केर आई सम्वन्ध विच्छेदको मुद्धा दिने कतिपय महिलाहरुले अर्को लुकी विवाह गरेर समेत सम्वन्ध विच्छेद र गोजी भराईले पुरुषको ढाड सेकिदै आएको थियो । इस्मा २ का विष्णु कुँवर ७ वर्षसम्म श्रीमति माईती मै बस्ने यता श्रीमानसँग न सम्वन्ध विच्छेद् गर्न मान्ने न श्रीमानलाई अर्को विवाह गर्न दिने गरेर हैरानमा पारिन् ।

धेरै पकट सञ्चारकर्मीहरुसँग समेत आफ्नो पीडा सुनाए उनले । संहिता लागु भएको दिनदेखि उनि जस्तै समस्यामा परेका थुप्रै पुरुषहरुले अब हामी सम्बन्ध बिच्छेद गर्न अदालत आउन हुन्छ ? भनेर सोध्न थालेका छन् । श्रेस्तेदार वस्याल भन्छन्, ‘आज त्यस्तै पुरुष आउने खबर देखिएको छ, सम्भवत् आजै हो भोलीसम्म त्यो उनको मुद्धा दर्ता हुन सक्छ ।’

संहिता लागु नहुँदासम्म कतिपय महिलाका लागि सम्वन्ध विच्छेद गतिलो अवसर बनेको थियो । विशेष गरी अनुशासित संगठन सेना, प्रहरीका मानिसहरु जागिर जाने डरले जति मागे पनि तिरेर जागिर जोगाउन बाध्य थिए । बैदेशिक रोजगारमा हुनेहरु थप पीडित बनेका थिए ।

घरमा आफ्नी श्रीमतिलाई परपुरुषसँग रंङ्गेहात भेटे पनि लाखौं तिरेर सम्वन्ध विच्छेद गराउने गरिएको थियो । अब त्यो बाध्यताबाट पुरुषहरु मुक्त भएका छन् । भित्र भित्रै श्रीमतिको कुटाई सहेर बस्न बाध्य पुरुषले पनि अब त्यसरी श्रीमतिबाट असुरक्षित महशुस गरे सम्वन्ध विच्छेद माग्न सक्ने भएका छन् । News24

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।