0 COMMENTS

काठमाडौं०७भदाै०७५/ काठमाडौं उपत्यकामा बुधबारबाट ट्याक्सी चाकलले अनिवार्य रुपमा पहेँलो ‘फ्लोरेसेन्ट’ ज्याकेट लगाउनुपर्ने भएको छ ।

चालकको कोडको रुपमा पहेँलो रंगको ‘फ्लोरेसेन्ट’ ज्याकेटलाई सरोकारवाला निकायको समन्वयमा प्रयोगमा ल्याइएको हो । यो ज्याकेट रातिको समयमा पनि चम्किने र यसले यात्रुको सुरक्षा, चालकको पहिचान र अपराध न्युनिकरणमा पनि सहयोग पुग्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्तकुमार पन्तले बताए ।

एसएसपी पन्तका अनुसार चालकको पहिचान झल्किने गरी ट्याक्सी व्यवसायी संघको सहकार्यमा ड्रेसको सट्टा ज्याकेट लगाउनुपर्ने व्यवस्था गरिएको हो । बुधबार सुन्धारामा ५ सय ट्याक्सी चालकलाई ज्याकेट वितरण गरिएको छ । संघले व्यवस्था गरेको ज्याकेट ट्याक्सी चालकले खरिद गर्नुपर्नेछ ।

‘‘ज्याकेटले चालकलाई पेशाप्रति थप जिम्मेवार र यात्रुलाई पनि ज्याकेटबाटै चालक हो होइन भन्ने कुराको पहिचान गर्न सजिलो हुन्छ,’’ एसएसपी पन्तले भने । ज्याकेट अनिवार्य रुपमा लगाउन पहिलो चरणमा चालकलाई सचेत गराउने र अटेर गरे कानुनी दायरामा ल्याइने एसएसपी पन्तले बताए । उपत्यकामा ११ हजारबढी ट्याक्सी चालक रहेको महाशाखाले जनाएको छ ।

यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले पनि एक महिनाभित्र सबै चालकले अनिवार्य लगाउनुपर्ने व्यवस्था रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।