0 COMMENTS

काठमाण्डाै०७भदाै०७५/ खप्तडी बस्नेत युवा समाज पुर्वाञ्चल ले शुस्वास्थ्य हस्पिटल, मिनभवन , काठमाडौं को प्राविधिक सहयोग मा ३ दिने नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविर साउन २६ , २७ र २८ गते का दिन इटहरी स्थित लाइन्स सामुदायिक भवन , इटहरी मा सम्पन्न भएको थियो ।

स्वास्थ्य शिविर कार्यक्रम को उद्घाटन प्रदेश सभा सदस्य सांसदद्धय माननीय उत्तम बस्नेत , लिलम बस्नेत र इटहरी उपमहानगरपालिका मेयर द्धारिकालाल चौधरी द्धारा गरिएको थियो । नि : शुल्क स्वास्थ्य शिविरमा नसा सम्बन्धित रोगहरु कम्मर दुख्ने , गर्धन दुख्ने , घुँडा दुख्नेट , हड्डी खिईएको , प्यारालाईसिस , माईग्रेन र पिनास को उपचार मा विभिन्न आयुर्वेद , फिजियो थेरापी , प्राकृतिक चिकित्सा र अकुपञ्चर का थेरापीहरु को प्रयोगद्धारा उपचार गरिएको थियो । उक्त शिविरमा पुर्वाञ्चलका विभिन्न ठाउँहरु बाट उत्साहजनक रुपमा बिरामी हरु को उपस्थिति रहेको, र स्वास्थ्य शिविर दैनिक बिहान ८ बजे देखि बेलुका ३ बजे सम्म भएकाले तीन दिनमा ५ सय भन्दा बढिले स्वास्थ्य सेवा लिई लाभान्वित भएको कुरा पुर्वाञ्चल युवा, समाजका अध्यक्ष समन सिंह बस्नेत ले जानकारी दिनु भयो, । उक्त शिविरमा बिशेष गरि कम्मर दुख्ने, गर्धन दुख्ने, घुँडा दुख्ने बिरामी हरु बढी मात्र मा आउनु भएको कुरा शुस्वास्थ हस्पिटल का निर्देशक अकुपञ्चरिष्ठ शुदर्शन बस्नेत ले बताउनु भयो ।

कार्यक्रममा उद्धघाटन सत्रमा उपस्थित अतिथि प्रदेश सभा सदस्य मा इटहरी बाट निर्वाचित सांसद लिलम बस्नेत ज्यु ले यश किसिम को स्वास्थ्य शिविर हाम्रो युवा भाईहरुले आयोजना गरि इटहरी बासी लाई स्वास्थ्य सेवा मुलक कार्य गर्नु भएकोमा कार्यक्रम को आयोजक युवा समाजका भाईहरुलाई हार्दिक बधाई तथा कार्यक्रम को सफलताको शुभकामना दिनु भएको थियो ।

यसैगरी अर्का अतिथि प्रदेश सभा सदस्य मा सोलुखुम्बु बाट निर्वाचित सांसद उत्तम बस्नेत ज्यु ले स्वास्थ्य शिविरको आयोजना यसरी सुगम ठाउँमा भन्दा दुर्गम दुरदराजमा ग्रामीण भेगमा पनि गरी दिएमा अझ राम्रो हुने थियो साथै आफु निर्वाचित क्षेत्र सोलुखुम्बु मा शिविर संञ्चालनका लागि आफुके जस्तोसुकै सहयोग गर्न तयार रहेको र आयोजक पुर्वाञ्चल खप्तडी बस्नेत युवा समाजको कार्य क्षेत्र अन्तर्गत नै सोलुखुम्बु जिल्ला पर्ने भएकाले आगामी स्वास्थ्य शिविरका कार्यक्रमहरु सोलुखुम्बु जिल्लामा पनि गर्न का लागि अनुरोध गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । साथै सांसदद्धयले स्वास्थ्य शिविरको स्थलगत निरिक्षण समेत गर्नु भएको थियो । यसैगरी युवा संघ नेपाल का केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश नम्बर १ का इञ्चार्ज समेत रहनु भएको पर्शुराम बस्नेत ज्यु ले पनि स्वास्थ्य शिविरमा आफ्नो स्वास्थ्य परिक्षण गराउनु का साथै स्वास्थ्य शिविरको अवलोकन गरि युवा भाई हरुले यस किसिम को रचनात्मक काम गरि स्वास्थ्य सेवा मुलक कार्य गरेकोमा मुक्त कण्ठले प्रशंसा गर्दै कार्यक्रम को सफलताको शुभकामना समेत व्यक्त गर्नु भएको थियो । उक्त ३ दिन सञ्चालित स्वास्थ्य शिविरको अन्तिम समापन को दिन प्राविधिक सहयोग गर्नु हुने शुस्वास्थ्य हस्पिटल र हस्पिटल का निर्देशक अकुपञ्चरिष्ठ शुदर्शन बस्नेत एवम् डा. प्रार्थी गुरुवाचार्य , डा. एलिना श्रेष्ठ ,समन सिंह बस्नेत ,भावना थापा , प्रतिमा गरी , गिता रिजाल लगायत लाई वंशावली समिति का केन्द्रीय अध्यक्ष शिव बहादुर बस्नेत ज्यु बाट सम्मान गरिएको थियो ।

स्वास्थ्य शिविरका लागि संसवेक का रुपमा नर्सिङ बिधार्थी पठाएर सहयोग पुराईदिनु भएकोमा हेल्थ नर्सिङ कलेज , इटहरी र उक्त कलेज का ६ जना नर्सिङ छात्राहरु लाई समेत सम्मान गरिनु का साथ – साथै स्वास्थ्य शिविर सम्पन्न गर्नका निमित्त पुर्वका विभिन्न जिल्ला बाट आर्थिक सहयोग को रुपमा रु .५५ हजार भन्दा बढी सहयोग गरी कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने ५० भन्दा बढी बन्धुहरुलाई पनि सम्मान गरिएको थियो ।

विगत देखि यसरी नै यस खप्तडी बस्नेत युवा समाज पुर्वाञ्चले सामाजिक उत्तरदायित्व अन्तर्गत का स्वास्थ्य शिविर , रक्तदान , दैवीप्रकोप भुकम्प , बाडी पहिरो , शीत लहर लगायतमा राहत बितरण , आर्थिक अवस्था कमजोर भएका बन्धुहरुका उपचार का लागि आर्थिक सहयोग संकलन गरि उपचार मा सहयोग पुराउने लागयतका कार्य हरु गर्दै आई रहेको अध्यक्ष समन सिंह बस्नेत ले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।