0 COMMENTS

 मानव जीवन सम्बन्ध भन्दा बाहिर सम्भव छैन । सम्बन्धहरुले जीवन निरन्तर चलिरहन्छ । हजुर आमा र नातिनीको सम्बन्ध धेरै गाढा हुन्छ । यस्तै सम्बन्ध झल्काउने हजुर आमा र नातिनीको तस्विर यतिखेर सामाजिक संजालमा भाइरल भइरहेको छ ।

ती तस्विरहरुबाट प्रस्ट हुन्छ की हजुर आमा र नातिनीबीचको सम्बन्ध कस्तो हुन्छ ? मर्मस्पर्सी तस्बिरहरु केही दिन यता भारतीय सञ्चारमाध्यम र नेपालका सामाजिक सञ्जालमा भाइरल भेरहेको छ । तस्बिरमा एक बालिका र वृद्धा रोइरहेका देखिन्छन् ।

एक स्कुलले आफ्नो विद्यार्थिहरुलाई वृद्धाश्रमको भ्रमणमा लाने योजना बनायो । भ्रमणको क्रममा वृद्धाश्रम पुगेपछि एक बालिका वृद्ध महिलालाई देखेर रुन थालिन् । र बालिकालाई देखेर ती वृद्धा पनि रुन थालिन् । बालिका दौडेर वृद्ध महिलालाई अंगालो हालिन् । उक्त दृश्य देखेर त्यहाँ उपस्थित कयौँ मान्छे छक्क परे ।

वृद्ध महिला बालिकाको हजुरआमा थिए । बालिकाले घरमा आफ्ना आमा बाबुसंग हजुरआमाबारे सोध्ने गर्दा हजुरआमा नातेदारलाई भेट्न गएको जबाफ दिएको स्रोतले जनाएको छ। सूचनाअनुसार वृद्धा आफ्नै स्वेच्छाले वृद्धाश्रममा गएर बसेका थिए ।

उक्त तस्बिर आजभन्दा करिब ११ वर्ष पहिले गुजरातका वरिष्ठ फोटो पत्रकार कल्पित भचेचले खिचेका थिए । उनले बीबीसीको गुजराती संस्करणसँग कुरा गर्दै उक्त खुलासा गरेका हुन् । तस्विर: बीबीसी हिन्दी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।