0 COMMENTS

काठमाण्डाै३०साउन०७५/ अनुमानका आधारमा या रिसइवीका कारण कसैलाई उजुरी हालेर अदालती झण्झट दिएका घटना धेरै हुन्थे । तर, अब कसैलाई एथेष्ट प्रमाण विना उजुरी हाल्ने दिन जाँदैछ । हाले सीधै फस्ने निश्चित छ ।

१ भदौबाट लागु हुन लागेको नयाँ मुलुकी (देवानी) संहिता ऐन २०७४ ले कसैले–कसैलाई झुठा उजुरी दिए उजुरीकर्ताले नै क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको छ ।

ऐनको दफा २८ मा झुटा उजुरी दिएको देखिएमा क्षतिपूर्ति भराइदिने व्यवस्था छ । उक्त दफाको उपदफा १ मा कसैले कसैलाई दुख दिने वा हानिनोक्सानी पुर्याउने नियतले झुटो उजुरी दिएको ठहरेमा सम्बन्धित अदालतले त्यसरी झुठा उजुरीकर्ताबाट प्रत्यर्थीलाई मानसिब क्षतिपूर्ति भराइदिने उल्लेख छ ।

त्यस्तै, उपदफा २ मा उपदफा (१) बमोजिम भराइने क्षतिपूर्तिमा प्रत्यर्थीले अदालतमा आप्mनो प्रतिरक्षा गर्दा लागेको खर्च, अदालती दस्तुर र कानून व्यवसायीको खर्च समेत समावेश हुनेछ भन्ने व्यवस्था गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।