0 COMMENTS

काठमाडौ३०साउन०७५/ श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले केही समयभित्रै रोजगारीका लागि कतार जान एक रुपैयाँ पनि तिर्नु नपर्ने वातावरण तयार हुने बताउनुभएको छ ।

आज संसदको उद्योग वाणिज्य, उपभोक्ता तथा श्रम समितिमा मन्त्री बिष्टले यसका लागि कतारसँगको छलफल अन्तिम चरण पुगेको पनि बताउनुभयो । उहाँका अनुसार यसका लागि कतारसँग नयाँ सम्झौता गर्ने तयारी भइरहेको छ ।

अहिले पनि कतारमा जाने श्रमिकका लागि फ्रि भिसा र टिकेटको प्रावधान लागू छ । तर, कार्यान्वयन भएको छैन । अब भने सरकारले विशेष व्यवस्था मार्फत नै कतारसँग श्रमिक पठाउने प्रवन्ध गर्न लागेको उहाँले जानकारी दिनुभयो । त्यसको लागि सम्झौताको तयारी अन्तिम चरणमा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।