0 COMMENTS

काठमाण्डाै ३०साउन०७५/ जल तथा मौसम विभागले काठमाडौंको विष्णुमती र धोबीखोलामा आकस्मिक बाढीको सम्भावना औंल्याएको छ।काठमाडौंको उत्तरी शिवपुरी क्षेत्रमा क्युमुलोनिम्वस बादलसहित ठूलो वर्षा सुरू भएको विभागले जनाएको छ। क्युमुलोनिम्वस बादलले एकै ठाउँमा ठूलो वर्षा गराउँछ। झण्डै आठ दश किलोमिटर क्षेत्रमा थुप्रिएको बादललाई क्युमुलोनिम्बस भनिन्छ।

‘विष्णुमती र धोबीखोलामा आकस्मिक बाढीको संभावना छ’, विभागले ट्विटरमा लेखेको छ, ‘बेलुकी ५ बजेपछि तटीय क्षेत्रमा सतर्कता अपनाऔं।’क्युमुलोनिम्वस बादल लागेसँगै चट्याङ पर्ने र आँधी र हुरी आउने हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।