0 COMMENTS

ढाडको समस्या लिएर अस्पताल पुगेकी महिलाको शल्यक्रियापछि चिकित्सक नै चकित बनेका छन्।एक्सरे रिर्पोटमा चीनको जियांग्सु प्रान्तकी ती महिलाको मृगौलामा पत्थरी देखियो। ५६ वर्षीय ती महिला ढाडको समस्या लिएर चीनकै चांगझोउस्थित बुजिन अस्पताल पुगेकी थिइन्।

अस्पतालका डाक्टरले स्वास्थ्य जाँचका क्रममा ती महिलाको दायाँ मृगौलामा पत्थरी भएको पत्ता लगाए। समस्या पत्ता लागेपछि चिकित्सकले ती महिलाको शल्यक्रिया गरे।

शल्यक्रिया मार्फत ती महिलाको मृगौलाबाट तीन हजार पत्थरी निस्किए। सामान्यतया मृगौलाको आकार ४ देखि ५ इन्च लामो हुने गर्दछ। एउटा सानो मृगौलामा तीन हजार बढी पत्थरी भेटिएपछि चिकित्सकनै चकित बनेका हुन्। ती पत्थरी निकाल्य चिकित्सकलाई एक घण्टा भन्दा बढी समय लागेको थियो। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।