0 COMMENTS

कुनै बेला भुलबस हातमा खुर्सानीको धुलो लाग्दा जुन जलन हुन्छ, त्यो सहन निकै मुश्किल हुन्छ । यसो सोच्नुस् यदि कसैको गुप्ताङ्गमा धुलो खुर्सानी हालिदियो भने कति पीडा होला ?

यस्तै एउटा घटना यतिबेला फेसबुकमा भाइरल भइरहेको छ, जहाँ श्रीमानले आफ्नी श्रीमतीको गुप्ताङ्गमा धुलो खुर्सानी हालिदिएका थिए ।
विगत केही दिन पहिला फेसबुकमा रहेको एउटा पेज Kabet (Mistress) मा एउटा महिलाको तस्वीर पोस्ट गरिएको थियो । जसमा एक जना महिला ओछ्यानमा थिइन् र उनको खुट्टा वरपर धुलो खुर्सानी थियो।

संचार माध्यमहरुका अनुसार यी महिला विवाहित थिइन् । उनको कसैका साथ अफेयर चलिरहेको थियो । जुन कुराको जानकारी उनको श्रीमानलाई भयो ।

श्रीमानले यो कुराका लागि महिलालाई सजाय दिने निर्णय गरे । उनले श्रीमतीको गुप्ताङ्गमा रातो र कालो खुर्सानीको धुलो हालिदिए । यसपछि श्रीमानले महिलाको तस्वीर पनि खिचे । जुन तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरे, अहिले उक्त तस्वीर भाइरल बनेको छ।

फेसबुक पेजमा शेयर गरिएका तस्वीरमा कसैको नाम मेन्शन गरिएको छैन । न त महिला कुन देश र स्थानकी हुन नै खुलाइएको छ। सबै कुरा गोप्य राखिएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।