0 COMMENTS

काठमाण्डाै१६साउन०७५/भारतीय जनता पार्टीकी एक महिला विधायक उत्तर प्रदेशको हमीरपुर जिल्लाको एक मन्दिरमा पसेपछि शुद्धिकरण गर्नुका साथै मुर्तिलाई गंगाजलले चोख्याइएको छ ।यो घटनालाई लिएर विवाद सुरु भएको छ । भाजपाका विधायकले यसलाई महिलामाथिको अपमान भएको बताएका छन् ।

सोमबार शुद्धिकरणको भिडियो भाइरल बनेपछि घटना सार्वजनिक भएको हो । स्थानीयबासीका अनुसार धुम्र ऋषिको यो मन्दिरमा महिला जान निषेध गरिएको छ ।

भाजपा विधायक मनीषा अनुरागी १२ जुलाईमा स्कुलको एक कार्यक्रममा सहभागी हुन त्यहाँ गएकी थिइन् ।मनीषा मन्दिर पसेकोमा स्थानीय रुष्ट बनेका थिए । त्यसपछि बसेको पञ्चायतले मन्दिरको शुद्धिकरण गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।