0 COMMENTS

काठमाडौं, आषाढ ३०। सरकारले आर्थिक वर्ष २०७२/७३ मा खेलकुदमा २ अर्ब ७ करोड रुपैयाँ बजेट छुट्टाएको छ ।

त्यसअन्तर्गत् धनगढीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्नका लागि सरकारले २१ करोड रुपैयाँ छुट्टाएको छ । यस्तै, अन्य सात ठाउँमा पनि क्रिकेट मैदान बनाउन रकम विनियोजन गरिएको छ ।

budget2072-pie-chartयस्तै, सरकारले यसै वर्ष काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको कभर्ड हल निर्माण गर्ने भएको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग)लाई केन्द्रित गरी कभर्ड हल बनाउन लागिएको हो ।

यसैगरी, सरकारले दशरथ रंगशालाको मैदान मर्मतका लागि १३ करोड रुपैयाँ छुट्टाएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७२/७३ को बजेटमा ललितपुरको च्यासल फुटबल मैदानलाई वैकल्पिक मैदानको रुपमा विकसित गर्न रकम विनियोजन गरेको छ ।

यसैगरी, काठमाडौंको मूलपानीमा रहेको क्रिकेट मैदान निर्माणका लागि रकम विनियोजन गरिँदा डिभिजन–३ क्रिकेटका लागि पुल्चोक इन्जिनियरिङ मैदानमा रहेको क्रिकेट मैदानको स्तर सुधार गर्नसमेत सरकारले रकम विनियोजन गरेको छ ।

विद्यालय स्तरदेखि नै खेलकुद विकास गर्न सरकारले देशका चार हजार सामुदायिक विद्यालय प्रत्येकलाई १० हजार रुपैयाँ छुट्टाएको छ ।

सरकारले भारतमा हुने १२औं सागको तयारीका लागि यो वर्षभित्रै पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्नलाई रकम विनियोजन गरेकोसमेत अर्थमन्त्री डा. रामशरण महतले मंगलबार सार्वजनिक गरेको बजेटमा उल्लेख छ ।

    पुर्ण पाठकाे लागी याहा क्लीक गराै 

पुनर्निर्माण कार्यलाई नवनिर्माणको अवसरको रुपमा उपयोग गर्ने सोचकासाथ राहत, पुनर्स्थापना र पुनर्निर्माण पहिलो प्राथमिकतामा ।
भवन निर्माण संहिता कडाइका साथ लागू गरिने । पहाडी इलाकामा एकीकृत बस्ती विकास गरिनेछ।
भूकम्पबाट जोखिम युक्त क्षेत्रलाई स्थानान्तरण गरिने ।
आगामि पाँच बर्ष भित्र पुननिर्माण गरिसक्ने योजनामा सरकार दृढ ।
भूकम्प पछिको पुननिर्माणमा ६ अर्व ६७ अर्व अनुमान ।
स्वीकृत मापदण्ड अनुसार भूकम्प पीडितले आफै घर बनाउन चाहेमा २ लाख रुपैयाँसम्म सहायता दिने ।
भत्किएका संरचना पुननिर्माणका लागि ५० हजार युवालाई स्थानीय स्तरमा सिकर्मी, डकर्मी, प्लम्बिङ, हाउस वारिङको तालिम दिइने ।
पर्यटन पूर्वाधार एवं प्रवर्द्धनको कार्यको लागि रू. १ अर्ब १ करोड विनियोजन ।
प्रत्येक घर परिवारको एक बै‌क खाता खोल्ने योजना।
विमानस्थलहरूको निर्माण एवं सुधारको लागि रू. ५ अर्ब ७५ करोड विनियोजन ।
त्रिभुवन विमानस्थलको स्तर उन्नती लागि १ अर्व ७८ करोड रकम विनियोजन।
हुलाकी राजमार्ग पाँच बर्ष भित्र पुरा गर्न ३ अर्व १९ करोड।
राष्ट्रपति चुरे कार्यक्रमको लागि १ बर्ष ९६ करोड।
नेपालगञ्जमा चक्रपथ निर्माणको योजना।
गौतमवुद्द विमान स्थल २ बर्ष भित्र सम्पन्न गर्ने गरि २ अर्व ५० करोड।
मध्यपहाडि लोकमार्ग निर्माणको लागि १ अर्व ९५ करोड।
तराई-मधेशलाई राजधानीसँग जोड्ने काठमाडौं तराई-मधेश द्रुतमार्गको निर्माणका लागि रू. १ अर्ब विनियोजन ।
माथिल्लो तामाकोसि आयोजना २ बर्ष भित्र सम्पन्न गर्न २ अर्ब।
महाकाली नदीमा पूलको डिजाइन गरेर यथाशिघ्र काम सुरु गर्न बजेट विनियोजन ।
पञ्चेश्वर निर्माणका लागि पूर्वतयारी सम्पन्न गर्ने र विदेशी लगानी आकषिर्त गरिनेछ ।
प्रत्येक निर्वाचन क्षेत्रका सभासदलाई दिइँदै आएको १५ लाखमा ५ लाख थप २० लाख।
नयाँ नगरपालिकाहरुलाई ६९ करोड।
काठमाडौं लुम्बीनीमा एउटा र निजगढलाई स्मार्ट सिटी बनाइने ।
सवारी साधन अनुमतिपत्रलाई स्मार्ट कार्डको रुपमा विकास र सवारी साधनको नम्बरप्लेट डिजीटल गरी सेन्सर गर्ने ।
आधुनिक सुविधासम्पन्न १० वटा नयाँ सहर निर्माणको सम्भाव्यता अध्ययन गरिनेछ ।
मर्मत सम्भारको अभावमा पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका वृहत् सिंचाइ आयोजनाहरूको पुनर्स्थापनाका लागि रू. ५२ करोड ।
दशरथ रंगशाला पुर्ननिर्माणका लागि १३ करोड, मुलपानीको क्रिकेट मैदान निर्माणका लागि ११ करोड विनियोजन ।
सूर्यविनायक-धुलिखेल सडकलाई ६ लेनको बनाउन १ अर्ब ६ करोड विनियोजन गरिएको छ ।
मेलम्ची आयोजनाका २ वर्ष भित्र सक्ने गरी ४ अर्ब ९५ करोड विनियोजन ।
उपत्यकामा मेट्रो रेलको सम्भाव्यता अध्यानको लागि ८ करोड विनियोजन ।
प्रत्येक गाविसमा एकजना कृषि र पशु प्राविधिक ।
वन क्षेत्रका कार्यक्रममा १२ अर्ब २७ करोड ।
विद्युत प्रसारण लाइनका लागि १२ अर्ब ७३ करोड ।
विद्युत प्रशारण लाईन निर्माणको लागि १२ अर्व ७३ करोड।
५ सय र मासिक औषधोपचार ५ सय गरि बृद्ध भत्ता १ हजार ।
७० वर्षभन्दा माथिका वृद्ध वृद्धाहरुलाई दिंइदै आएको भत्तामा दोब्बर वृद्धि गरिएको छ । ५ सय भत्ता दिंइदै आएकोमा औषधिका लागि थप ५ सय थपिएको छ । त्यस्तो भत्ता पाउने वृद्ध वृद्धाको संख्या ९ लाख १२ हजार ७ सय ६७ रहेको छ ।
का २१ लख ५२ हजार ८ सय ६९ जनालाई भत्ता दिने गरेको छ । उनीहरुलाई दिंइदै आएको भत्ता बैंकिङ प्रणालीमा ल्याइने छ ।
नयाँ नगरपालिकालाई निशर्त १ करोड पुँजीगत अनुदान दिने कार्यक्रम घोषणा ।
काठमाडौ, निजगढ र लुम्बिनीमा एक एक वटा स्मार्ट सिटि बनाउने ।
काठमाडौं शहरलाई राष्ट्रिय राजधानी शहरका रुपमा बिकास गर्ने घोषणा।
काठमाडौं उपत्यकामा ४ सय सार्वजनिक शौचालय बनाइने पनि उनले घोषणा ।
आगामि ३ वर्षमा सबै निर्वाचन क्षेत्रमा बाह्रै महिना चल्ने सडक बनाउने ।
जनता आवास अन्तर्गत थप १२ सय घर निर्माण हुने ।
सरकारी स्वास्थ्य संस्थामा कानूनीरुपमा गर्भपतन गराउँदा पैसा नलाग्ने ।
सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत र व्यवस्थित गर्न एकीकृत सामाजिक सुरक्षा विधेयक चालू अधिवेशननै संसदमा प्रस्तुत हुने ।
भूकम्प प्रभावित १४ जिल्लालाई मोवाइ चार्च गर्न र बत्ति बाल्न सौर्य उर्जा जडानका लागि ४ अर्ब विनियोजन ।
कान्ति राजपथ ६ महिनाभित्र मालबाहक सवारी गुड्न सक्ने बनाइने सरकारको घोषणा ।
थानकोट नौनकोट सुरुङ मार्ग आगामी वर्षबाट निर्माण सूरु गरिने । १ अर्ब ६७ करोड विनियोजन ।
आगामी आर्थिक वर्षदेखि कानूनीरुपमा स्थापिन अनुभवी संस्थालई मात्रै जग्गा टुक्र्याउने अधिकार दिइने ।
‘प्रहरी मेरो साथी’ युवा स्वयमसेवक परिचालन कार्यक्रम सुरु गरिने। प्रहरीको अनुसन्धानका लागि १६ करोड विनियोजन ।
नेपाली सेनाका लागि ३२ अर्ब ६९ करोड विनियोजन ।
विदेश स्थित नेपाली नियोगलाई घर तथा जमिन खरिद गर्न २ अर्व।
कृष्णप्रसाद भट्टराई आम सञ्चार प्रतिष्ठान स्थापना गरिने ।
भुकम्पमा पुर्‍याएको योगदानको कदर स्वरुप संचार माध्यमको रोयल्टीमा ५० प्रतिशत छुट ।
निजामति कर्मचारीको तलब सुविधा समायनुकुल बनाइने । तर तलब सुविधा भने बृद्धि भएन ।
चुरोट र मदिरामा कर बढ्यो।
आगामी आबको आर्थिक वृद्धि ६ प्रतिसत पुग्ने अपेक्षा ।
४० सिट भन्दा बढी सिट क्षमताको सवारी ल्याउँदा बस चलाउने संस्था/सहरकारीले भन्सार शुल्क ५ प्रतिशत मात्रै लाग्ने ।
एक हेक्टर भन्दा बढी जमिनमा माछा पाल्ने कृषकलाई ५० प्रतिशत कर छुट।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।