0 COMMENTS

एजेन्सी– फेसबुक जतिजति लोकप्रिय बन्दै छ त्यति नै यसमा नकारात्मक कुराहरु पनि हुँदै गइरहेका छन् । फेसबुक प्रयोग गर्न सबैले पाउँछन् तर त्यसलाई गलत प्रयोग र उपयोग गर्न कसैले पाउँदैन । फेसबुक चलाउँदा पनि ऐन, नियम र कानुनमा बसेर चलाउनु पर्छ । नत्र पछि पस्ताउनु पर्ने हुन्छ ।

फेसबुकै कारण विभिन्न व्यक्ति पक्राउ परिरहेका बेला फेरि एउटा त्यस्तै घटना सार्वजनिक भएको छ । फोहर शब्द लेखेको अभियोगमा एक अस्ट्रेलियन महिला युनाइटेड अरब इमिरेट्बाट देश निकाला भएकी छन् । ३९ वर्षीया जोडी मगीलाई त्यहाँको अदालतले खराब शब्द प्रयोग गरेको भन्दै यस्तो सजाय सुनाएको हो ।

मगीले आफू बस्ने अपार्टमेन्टको पार्किंग स्थलमा अपाङ्ग स्टिर नभएका कार अपाङ्गका कार पार्किङ गर्ने स्थानमा पार्क गरेको फोटो खिचेर फेसबुकमा पोस्ट गरेकी थिइन्। कार पार्किङमा हुने अव्यवस्थाविरुदद्ध उनले फेसबुकमा गरेको सोही पोस्टसम्बन्धी विवाद लम्बिँदै जाँदा देश निकालाको आदेश भएको हो। अपाङ्ग स्टिकर नभएका गाडीलाई अपाङ्ग क्षेत्रमा पार्किङ गर्नेहरुलाई उनले स्वार्थी ड्राइभरको संज्ञा दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।