0 COMMENTS

जलेश्वर १७ असार ०७५/ महोत्तरीको जलेश्वर नगरपालिकामा ५ जना वडाध्यक्षले रिले अनसन सुरु गरेका छन् ।नगरपालिकाका मेयरले अनियमित काम गरिरहेको र त्यसको छानबिन हुनुपर्ने माग सुनुवाई नभएको भन्दै उनीहरुले अनसन सुरु गरेका हुन् ।

मेयर रामशंकर मिश्र तथा इन्जिनियर माधवेन्द्र चौधरीको मिलेमतोमा विभिन्न अनियमित काम भइरहेको उनीहरुको दाबी छ । जलेश्वर नगरपालिका वडा नं. २ का अध्यक्ष बरुण दाहाल, वडा नं. ६ का अध्यक्ष रविन्द्रप्रसाद साह, वडा नं. ७ का वडाध्यक्ष रामछविला यादव, वडा नं. ८ का वडाध्यक्ष विजय सिंह तथा वडा नं. १० का वडाध्यक्ष विकाउ दासले आजबाट ११ बुँदे मागसहित रिले अनसन सुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।