0 COMMENTS

काठमाडौं१७असार०७५/ विश्व २०१८ को अर्जेन्टीना बिरुद्ध आफ्नो खेलमा फ्रान्सका युवा स्टार खेलाडी केलियन एम्बाप्पेले जादुको छडी चलाए भन्दा कुनै फरक नपर्ला । हुनपनि उनले आक्रमक र स्तरिय खेल प्रदर्शन गर्दै विश्वकप दाबेदार टिम अर्जेन्टिनालाई स्तब्ध पार्दै स्वदेश फिर्ता मात्र गरेनन् उनले मेस्सी लगाायत उनका करोडौं फ्यानलाइ समेत निराश बनाए ।

यो उनको प्रदर्शनबाट प्रभावित भई विश्वकपका लिजेन्ड पेलेले फ्रान्सका स्टार केलियन एम्बाप्पेलाई आफ्नो रेकर्ड बराबरी गरेकामा बधाइ दिएका छन्।

एम्बाप्पले शनिबार अर्जेन्टिना विरुद्धको खेलमा गोल गर्दे टिन ऐजमानै विश्वकपमा एक भन्दा बढी गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए। उक्त कीर्तिमान ब्राजिलले १९५८ को विश्वकप जित्दा स्वीडेन विरुद्ध पेलेले उक्त कीर्तिमान कायम गरेका थिए।

१९ वर्षको उमेरमानै विश्वकपमा कुनै एक टिम विरुद्ध दुई गोलको कीर्तिमानमा अब पेले र एम्बाप्पे सँगै भए। पेलेले ट्विट गर्दे उनी उदयिमान युवा खेलाडी भएको भन्दै उनीसँग ठुलो प्रतिभा रहेको विश्वास ब्यक्त गरेका थिए।

उनले आगामी खेलमा पनि राम्रो गर्न उनलाई सुझाव दिए। एम्बाप्पेले टिम २–१ ले पछि रहेको अवस्थामा लगातार दुई गोल गर्दे सनिसनि मच्चाएका थिए। पेलेले ब्राजिल बाहेक सबै टिमसँग उत्कृष्ट प्रदर्शन गर्न भन्न भने छुटाएनन्। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।