0 COMMENTS

आफ्नो पार्टनरसँग गर्भ निरोधकका लागि या अपरिचितसँग यौनसम्पर्क गर्दा कण्डम प्रयोग गर्नुभएको बेला फुट्यो भने तपाईलाई कम्ती तनाव हुँदैन । त्यसमा पनि अपरिचितसँग यौनसम्पर्क गरेको बेला कण्डम फ्टेर्मा कैयन् आशंका जन्मिन सक्छन् । त्यसैले यदि तपाईले कण्डम प्रयोग गर्दा पनि सही ढंगले गर्नुभएन या कुनै कारणले त्यो फुट्यो भने के गर्ने त ?

विवाहपूर्व यौनसम्पर्क भएर गर्भ रहँदा त्यस्तो गर्भ अनियोजित मात्र हुने होइन, अनिच्छित पनि हुन्छ र अनेक समस्या सिर्जना हुनसक्छ। कतिपय बेला योजना अनुसार बच्चा जन्माउन खोजिएको बेला यस्तो समस्याले थप चिन्ता बढाउन सक्छ ।

युवावस्थामा यौनइच्छा एकदमै तीव्र हुने भए पनि यौनसम्पर्क र त्यसका असरका लागि हामी पूर्णरूपमा तयार हुँदैनौं। केही जानकारी भए पनि यौनसम्बन्धमा आवश्यक सीप नहुन सक्छ। त्यसैले आइपर्न सक्ने स्थितिका लागि तयार नहुँदा नै प्रजनन स्वास्थ्यसम्बन्धी दुर्घटना घट्छ।

कण्डम फुट्नबाट जोगिन कण्डमको गुणस्तरीयता र सही ढंगले प्रयोग गर्न जान्नु पर्छ । खासगरी कण्डमको टुप्पोमा हावा रहन गएमा फुट्ने सम्भावना बढी हुन्छ ।
कण्डमले अनिच्छित गर्भ रहने मात्रै नभएर गम्भीर प्रकारका यौनरोगको संक्रमण हुन सक्छ । एउटा सानो गल्तीले जीवनभरी पछुताउनु पर्ने हुनसक्छ । त्यसैले थाहा पाऔं, यदि यो फुटि नै हालेमा चाहिँ के गर्ने त ?

कन्डम फुटेको थाहा भए पनि अत्तालिनु हुँदैन, शान्त रहने प्रयास गर्नुपर्छ जसले सही निर्णय गर्न सहयोग गर्छ। यौनसम्पर्क गर्दागर्दै वीर्य स्खलन हुनुभन्दा पहिले नै कन्डम फुटे यौनसम्पर्कलाई तुरुन्त रोकेर लिङ्ग निकाल्नुपर्छ र नयाँ कन्डम लगाएर मात्र यौनसम्पर्कलाई निरन्तरता दिनुपर्छ। वीर्य स्खलन भैसकेको भए, सावधानीपूर्वक लिङ्गलाई बाहिर झिक्नुपर्छ। त्यसपछि लिङ्ग तथा त्यसको वरिपरिको क्षेत्र साबुन तथा मनतातो पानीले राम्रोसँग पखाल्नुपर्छ। कन्डम फुटेको घटनाको सम्भावित असरका बारेमा आफ्नो जोडीसँग विस्तृत कुराकानी गर्नुपर्छ। आवश्यक लागे आकस्मिक गर्भनिरोधको उपाय अपनाउनु उपयुक्त हुन्छ।

यदि तपाईले अपरिचित व्यक्तिसँग यौनसम्पर्क गर्नुभएको हो भने केही समयभित्रै एचआइभीको परीक्षण गर्नु पर्दछ । यदि एचआइभी देखिएन तर तपाईले यौनसम्पर्क राखेको व्यक्तिमा एचआइभी हुनसक्ने या भएको खण्डमा तत्कालै प्रोफाइल्याक्सिस नामक औषधी सेवन गर्नुपर्दछ । यसले एचआइभीको संक्रमण हुन दिँदैन । धधध।भखभचभकतमबष्लष्प।अयm यसका साथै यौनांग वरिपरि चिलाउने या घाउ खटिरा आएमा तत्कालै यौनरोगको पहिचान गरी उपचार गर्नुपर्दछ ।

अनिच्छित गर्भ रहन नदिन चिकित्सकको सल्लाहमा गर्भ रहन नदिने औषधी सेवन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।