0 COMMENTS

काठमाण्डाै२८जेठ०७५/ काभ्रे स्थायी घर भएका अशोक लामा काभ्रेली डन दावा लामाको संगतबाट गुण्डागर्दीमा लागेका हुन् ।पहिले काठमाडौंको त्रिपुरेश्वरमा बस्ने गरेका अशोकले दावाकै सहयोगीका रूपमा ललितपुरलाई आधार बनाएर गुण्डागर्दी शुरु गरेका हुन् ।

शुरुवातमा उनी काठमाडौंका ठमेल, दरबारमार्ग र ललितपुरको लगनखेल क्षेत्रमा सञ्चालित डान्सबारबाट हप्ता असुली गर्ने गर्दथे । पछि उनले विभिन्न व्यापारीलाई चर्को ब्याजमा पैसा दिने (मिटर ब्याज)को धन्दा शुरु गरेको प्रहरी स्रोत बताउँछ । उनी निर्माण क्षेत्रका साना–ठूला ठेक्कापट्टामा समेत संलग्न थिए ।

यसअघि उनीमाथि ज्यानमार्ने उद्योगमा मुद्दा चलेको थियो । उनीमाथि विभिन्न समयमा सार्वजनिक मुद्दा समेत चलेका थिए ।

पछिल्लो समय उनी विभिन्न व्यवसायीलाई हतियार देखाएर हप्ता असुली गर्ने गर्दथे । विभिन्न व्यवसायीहरूले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई खोजी सूचीमा राखेको थियो ।
महानगरीय प्रहरी अपराध महाशाखाले लामाको खोजीका लागि विशेष टोली नै परिचालन गरेको थियो । सोमवार दिउँसो युएन पार्कमा भेटिएका लामालाई प्रहरीले पक्राउ गर्न खोजेको थियो ।

उनले प्रहरीमाथि नै गोली प्रहार गर्न खोजेपछि जवाफी फायरिङ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले बताएको लोकांतरले उल्लेख गरेको छ ।

लामाको साथबाट एक थान पेस्तोल र त्यसमा लाग्ने २ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।लामाको दाहिने खुट्टाको पिंडौलामा गोली लागेको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।