0 COMMENTS

सूर्य नमस्कारलाई सर्वोत्कृष्ट योगासन मानिन्छ । दिनदिनै बिहान सूर्य नमस्कार गर्दा शरीर र मन दुवै स्वस्थ रहन्छन् । सूर्य नमस्कार गर्दा सूर्यका किरणहरूको सीधा प्रभाव शरीरमा पर्दा अनेकौं रोग पनि भाग्छन् ।

यसले शरीरमा उचित मात्रामा भिटामिन डी दिलाउँछ जसले गर्दा मानसिक तनाव र मोटोपन जस्ता रोग पनि लाग्न पाउँदैनन् । दिनको १० मिनेट सूर्य नमस्कार गर्नुभएमा तपाईंले अरू कुनै आसन गरिरहनुपर्दैन ।

विधि
सबभन्दा पहिले उभिएर घुँडाहरू जोड्नुस् र हातको पञ्जालाई खुला राख्नुस् । त्यसपछि जाँघहरू सीधा राख्नुस् र नमस्कारको मुद्रा बनाउनुस् । अब कुहिनाहरूलाई शरीरमा टाँसेर हत्केलालाई बांगो राखेर औंलालाई मुटुमुनि करङमा राखेर आँखीभौंका बीचमा ध्यान केन्द्रित गर्नुस् ।

आफ्ना दुवै हात मास्तिर लगेर सीधा पार्नुस् र सास लिनुस् । हातहरूलाई सीधा गरेर हत्केलालाई अगाडिपट्टि पार्नुस् । त्यसपछि कानमा हात जोडेर हातलाई गर्दनपछाडि लानुस् । यसै स्थितिमा केही बेर रोकिनुस् ।

हातहरूलाई फेरि अगाडि ल्याएर सास छोड्दै अघिल्तिर झुक्नुस् । हातलाई दायाँबायाँ हल्लाएर अनि घुँडालाई सीधा राखेर हातलाई जमीनमा टेकाउनुस् । शिरलाई घुँडामा टाँसेर ध्यान नाभिमा केन्द्रित गर्नुस् ।

शरीरलाई अलिकति अघि सारेर सास भर्नुस् र हात सीधा पार्नुस् अनि गर्दनलाई पछि लैजानुस् । अब पञ्जाहरू टाँसेर घुँडाका जोर्नी उचाल्नुस् । त्यसपछि कम्मरलाई तल झुकाएर सूर्य नमस्कार गर्नुस् ।

सास छोड्दै शरीरलाई फेरि उठाउनुस् र घुँडा टेकाएर बस्नुस् । त्यसपछि कम्मरलाई मास्तिर राखेर शिरलाई तलतिर झुकाउनुस् र त्यही स्थितिमा रहनुस् । अब सामान्य स्थितिमा आउनुस् ।

फाइदा
सूर्य नमस्कार गर्दा शरीरमा रक्तप्रवाह बढ्छ जसले गर्दा मोटोपन रहन पाउँदैन अनि उच्च रक्तचाप पनि नियन्त्रणमा रहन्छ ।

दिनदिनै १० मिनेट सूर्य नमस्कार गर्दा शरीरमा कार्बन डाइअक्साइडको उत्सर्जन बढ्छ । यसले गर्दा शरीर ऊर्जाशील हुन्छ र रोगबाट बचाउँछ ।

यसले मांसपेशी र हाडलाई पनि बलियो बनाउँछ ।

सूर्य नमस्कारबाट शरीरमा पानीको मात्रा पनि सन्तुलित रहन्छ । यसले शरीरका अनावश्यक तत्त्वलाई पनि बाहिर निकाल्छ ।

यो योग गर्दा भोक नलाग्ने समस्या पनि हट्छ । अनि स्मरणशक्ति पनि बढ्छ ।

सूर्य नमस्कारको समयमा सास तान्ने र छोड्ने गरिँदा हावा फोक्सोसम्म अनि अक्सिजन चाहिँ रगतसम्म पुग्छ । यसले शरीरबाट कार्बन डाइअक्साइड र अन्य विषालु ग्यास निकाल्छ र शरीर डिटक्स हुन्छ ।

सूर्य नमस्कार उचित समय र ढिलो गतिमा गर्नुस् । एक आसनमा सास सामान्य भएपछि मात्र अर्को आसनमा जानुस् । कोमल, गद्दा भएको म्याट वा ओछ्यानमा यस्ता आसन गर्नुस् । त्यहाँ गर्दा ढाडको हाडमा दखल पर्छ । अनि स्लिप डिस्क भएका र उच्च रक्तचाप भएका रोगीले पनि यो योग नगरेकै राम्रो हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।