0 COMMENTS

विराटनगर ०९, जेठ ०७५/  साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त भनीनैअाएकाे चूडामणि उप्रेती ‘गोरे’काे अाज बाट जिल्ला अदातल मोरङमा बयान लिनेक्रम सुरु गरीएकाे छ ।बुधबार न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म गोरेको बयान लिएको हो ।

त्यसक्रममा उनीमाथि लागेका आरोपहरु पढेर सुनाइएको थियो भने सुन तस्करी र शाक्य हत्या प्रकरणमा मुछिएका व्यक्तिहरु र उनको सम्बन्धको विषयमा सोधपुछ गरिएको थियो र गोरेसँग बिहीबार पनि बयान लिइने बताइएको छ ।

‘हिरासतमा असुरक्षित’
गोरेले जिल्ला प्रहरी कार्यालयको हिरासतमा आफू असुरक्षित रहेको र ज्यानमार्ने धम्की आएको भन्दै बुधबारै मानवअधिकारकर्मीको निगरानीमा बस्न पाऊँ भनी निवेदन दर्ता गराएका छन् ।

यससँगै अदातलले सुरक्षा व्यवस्था कडा पार्न भन्दै जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको छ ।

२८ अभियुक्तलाई झुम्का कारागार लगियो
त्यस्तै, सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश सुनाइएका २८ जना अभियुक्तहरुलाई बुधबारै सुनसरीको झुम्का कारागार लगिएको छ ।जिल्ला अदालत मोरङले मंगलबार एसएसपी दिवेश लोहनी, पूर्वडीआइजी गोविन्द निरौलासहित २८ जनालाई पुर्पक्षका लागि जिल्ला कारागार मोरङ लैजान आदेश दिएको थियो ।तर, कारागारमा ठाउँको अभाव भएपछि उनीहरुलाई क्षेत्रीय कारागार झुम्का लगिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।