0 COMMENTS

काठमाडौँ०९जेठ०७५/ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफ्नो सम्पत्ति विवरणमाआफूसँग भएको एउटा पूरानो साइकलको विवरण पनि उल्लेख गरेका छन् ।

सवारी साधनको विवरणमा उनले आफ्नो नाममा एउटा पूरानो साइकल एक थान रहेको उल्लेख गरेका हुन् ।मोरङको विराटनगर वडा नम्बर १२ का स्थायी वासिन्दा रहेका पण्डितले अचल सम्पत्तिमा १ कठ्ठामा बनेको ५ कोठे पुरानो घर उल्लेख गरेका छन् ।

त्यस्तै, जग्गामा मोरङमा घर भएको जमिन बाहेक सर्लाहीको बसबरीयमा ४ बिघा पैत्रिक सम्पत्ति रहेको उल्लेख गरेका छन् । त्यस्तै, बिमला पण्डितको नाममा ललितपुरको भैसेपाटीमा चार आना जग्गा पैत्रिक सम्पत्ति रहेको विवरण पेश गरेका छन् ।चल सम्पत्तिमा उनले पैत्रिक भनेर १० तोला सुन र १५ तोला चाँदी उल्लेख गरेका छन् ।

बैंकमा उनको एभरेस्ट बैंकमा मुद्दति खातामा पैत्रिक ब्याज भनेर २५ लाख रुपैयाँ रहेको र बिमला पण्डितको नाममा एभरेष्ट र कृषि विकास बैंकको मुद्दती खातामा ३० लाख रुपैयाँ पैत्रिक, ब्याज र स्वआर्जन भनेर उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।