0 COMMENTS

काठमाडौ०९जेठ०७५/  टाटा मोटर्सको नेपालका लागी एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले चर्चित युवा क्रिकेट सन्दीप लामिछानेलाई टाटा टियागोको नयाँ स्टाईलिस गाडी उपहारस्वरूप हस्तान्तरण गरेको छ।

बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै टाटा मोटर्सको नेपालका लागी एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले चर्चित युवा क्रिकेट सन्दीप लामिछान संग आफ्ना प्रोडक्टहरुको प्रबर्द्धनका लागी तीन बर्षे सहकार्य सम्झौता गरेको छ ।

सम्झौता पत्रमा सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबू श्रेष्ठ र क्रिकेटर सन्दीप लामिछानेले हस्ताक्षर गरेका थिए ।हस्ताक्षर कार्यक्रम बोल्दै सिप्रदी ट्रेडिङ्ग प्रालिका कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले चर्चित युवा क्रिकेटर संग सहकार्य गर्न पाउँदा हामी एकदमै हर्षित भएका छौँ, आगामी दिनमा पनि नेपाली खेलकुद क्षेत्रलाई निरन्तर सहयोग गर्ने बताउनु भयो ।सम्झौतामा हस्तान्तरण गर्दै स्पिनर सन्दीपले आगामी दिन अझै राम्रो खेल्दै जाने अझै मैले लामो यात्रा पार गर्नु छ साथै देशका लागि अझै राम्रो खेल्ने बताउनु भयो ।यस अघि सिप्रदी ट्रेडिङ्गले आफ्नो सस्था सिएसआर विङ्ग सिप्रदियन सहयता मार्फत नेपाली क्रिकेटर आरिफ सेख र सुनिल धमला मासिक रूपमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।