0 COMMENTS

काठमाडौं ।कांग्रेसमा वरिष्ठ नेता शेरबहादुर देउवापक्षीय नेताहरूले सहमतिमा संविधान जारी गर्न राष्ट्रिय सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको केन्द्रीय समिति बैठकमा उनीहरूले सहमतिमा संविधान जारी गर्न आन्दोलनरत दलहरूको समेत सहभागितामा राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताएका हुन्।
 
सहमतिमा संविधान ल्याउने हो भने राष्ट्रिय सहमतिको सरकार गठन गर्न ढिला गर्न हुँदैनु, केन्द्रीय सदस्य बालकृष्ण खाणले बैठकमा भने, ुसो सरकारको नेतृत्व सके हाम्रै पार्टी सभापतिले गरे हुन्छ, नभए मार्गप्रशस्त गर्नुपर्छ।ु
 

खाणले माघ ८ गते संविधान जारी गर्ने प्रतिबद्धता असफल भएपछि त्यसको नैतिक जिम्मेवारी प्रधानमन्त्री सुशील कोइरालाले लिनुपर्ने धारणा राखेका थिए।ुसंविधान सरकारले जारी गर्ने होइन, किन तपाईंले माघ ८ मा संविधान जारी गर्छु भन्नुभयोु, खाणले प्रधानमन्त्री एवं पार्टी सभापति कोइरालालाई प्रश्न गरे, तपाईंले संविधान पनि ल्याउन सक्नु भएन, स्थानीय चुनाव पनि प्रतिबद्धताअनुसार गर्न सक्नु भएन, सुशासन पनि कायम गर्न सक्नु भएन, त्यसको जिम्मेवारी किन नलिनेरुु
 
अर्का केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पनि सहमतिबिना संविधान जारी गर्न सम्भव नभएको भन्दै राष्ट्रिय सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका थिए। बैठकमा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, मीन विश्वकर्मा, जीवनबहादुर शाहीले पनि सहमतिको सरकार बनाएर संविधान ल्याउनुपर्ने बताए।
 
देउवा पक्षका अधिकांश सदस्यले सहमतिका लागि राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताएका थिए। सभापति कोइराला पक्षका नेताहरूले पनि संविधान निर्माणलाई बहुमतमा नभई सहमतिमा अघि बढाउनुपर्ने धारणा राखेका थिए।
 
ुबैठकमा बोल्ने सबैको धारणा सहमतिका आधारमा संविधान निर्माण प्रक्रिया अघि बढाउने थियोु, केन्द्रीय सदस्य गगन थापाले अन्नपूर्णसँग भने, ुबहुमतको प्रक्रियामा जाँदा द्वन्द्व बढ्ने भन्ने सबैको धारणा थियो।ु
 
सदस्यहरूले एमाओवादी र मधेसी दललाई बाहिर राखे बहुमतका आधारमा संविधान बनाउँदा प्रत्युत्पादक हुनसक्ने भन्दै सहमतिका लागि अधिकतम लचक भएर वार्ता अघि बढाउन नेतृत्वलाई आग्रह गरेका थिए। सदस्य गोविन्द भट्टराईले सकभर सहमतिकै आधारमा संविधानसभाको गतिरोध अन्त्य गर्न कांग्रेसले नै अग्रसरता लिनुपर्ने धारणा राखेका थिए।अन्नपूर्ण पोस्ट दैनिकबाट ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।