0 COMMENTS

काठमाण्डाै , असार २९ –जारी ट्विान्टी विश्वकप क्रिकेट छनौट प्रतियोगितामा नेपाल आफ्नो तेस्रो खेलमा आज लज्जास्पद हार व्यहोरेको छ । नेपालले दिएको ५४ रनको झिनो लक्ष्य आयरल्याण्डले ८ औं ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । दोस्रो ओभरमा ४ रनको अवस्थामा पहिलो विकेट गुमाएपनि आयरल्याण्ड सम्हालिएर व्याटिङ गरेको थियो । दोस्रो ओभरको तेस्रो बलमा सोमपालले नेल ओब्रेनलाई व्यक्तिगत ३ रनमा बोल्ड पारे । त्यसपछि पउल स्ट्रिलिङ र कप्तान विलियम पोर्टफिल्डले ४९ रनको साझेदारी गर्दै जित तर्फ उन्मुख गराए । जितका लागि १ रन आवश्यक हुँदा स्ट्रिलिङ व्यक्तिगत २९ रनमा सोमपालकै बलमा बोल्ड हुन पुगे । सोमपालले २ विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको नेपाल १४.३ ओभरमा ५३ रनमै अलआउट हुन पुग्यो । नेपालका लागि कप्तान पारस खड्का र सागर पुनले मात्रै दोहोरो अंक जोड्न सके । पासरले १० र सागरले २० रनको योगदान दिए । नेपालले पहिलो विकेट अनिल मण्डलको रुपमा १८ रन बनाउँदा गुमाउन पुग्यो । त्यसपछि ३५ रन जोड्दा नेपालले ९ विकेट गुमाउन पुग्यो ।

१८ रनमा अनिल मण्डल आउट भएलगत्तै एक रन जोडी पनि प्रदीप ऐरी खाता नखोल्दै एल्बी डब्लुको धरापमा परे । नेपालले १९ रन बनाउन दोस्रो विकेट गुमाई सकेको थियो । त्यसपछि सागर र कप्तान पारसले पारीलाई सम्हाल्न कोशिश गरे । तर २८ रन बनाउँदा व्यक्तिगत २० रन बनाएका सागर पुन आउट हुन पुगे । त्यसपछि १० रन थप गर्दा भरपर्दा व्याट्सम्यान ज्ञानेन्द्र मल्ल २ रन बनाउँदै आउट हुन पुगे । मुख्य ४ विकेट गुमाई सकेको अवस्थामा कप्तान मात्रै भरोसाका केन्द्र थिए । तर भरोसा धेरै समय टिक्न पाएन् । कप्तान पारस टिमले एक रन समेत थप्न नपाउँदै व्यक्तिगत १० रनमा आउन हुन पुगे । त्यती बेला नेपालको स्कोर ३८ थियो । ३८ रनमै मुख्य ५ विकेट गुमाई सकेको नेपालको पारी धरापमा परि सकेको थियो । र थप १५ रन जोड्न ५ विकेट आउन भएपछि नेपाल अहिलेसम्मकै सबैभन्दा थोरै रनमा अलआउट हुन पुग्यो ।

आजको खेल ट्विान्टी अन्तराष्ट्रिय मान्यता पाएको नवौं खेल । आजको खेललाई निकै महत्वपूर्णका साथ हेरिएको छ । तर निकै महत्वपूर्ण खेलमा नेपालको प्रदर्शन निकै फितलो हुन पुग्यो । टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको आयरल्याण्डका लागि स्टुअर्ट थम्पसन र केभिन ओब्रेनले समान ३–३ विकेट लिए । जोन मोनीले २ र एलेक्स कस्क र रेग योङले समान एक–एक विकेट लिए ।

समूह चरणमा पहिलो हार व्यहोरेको नेपाल ३ अंकका साथ चौथो स्थानमा रहेको छ । लगातार तीन खेलमा ३ जित हात पारेको आयरल्याण्ड ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । यस्तै समान ३–३ अंक भएपनि नेटरनरेटका आधारमा पपुवा न्यूगिनी दोस्रो र नामिबिया तेस्रो स्थानमा रहेको छ । २ अंकका साथ जर्सी पाँचौ र १ अंकका साथ हङकङ छैटौं र खाता खोल्न नसकेको अमेरिका पुछारमा छ । अब नेपालले बुधबार अर्को महत्वपूर्ण खेलमा हङकङसंग खेल्दै छ । विश्वकपमा छनौटको ढोका खुल्ला राख्न नेपाल हङकङलाई पराजित गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।