0 COMMENTS

काठमाडौँ ०९फागुन०७४/ बुधबार बिहान काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बिहान २ बजेर २३ मिनेटमा भूकम्पको कडा झट्का महसुसस भएको हो ।

इसिएमसीले पनि पनि नेपालमा भूकम्पको धक्का महसुस भएको जानकारी दिएको छ । डल्लु आसपास केन्द्रविन्दु भएर ३.६ रिक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

खानी तथा भूगर्भ विभागले यो नयाँ भूकम्प नभएर ‘गोरखा भूकम्प’को परकम्प जनाएको छ । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि हालसम्म ४ रेक्टरभन्दा माथिका ४८९ परकम्प गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।