0 COMMENTS

काठमाडौं०९फागुन०७४/भारतमा भएको अरुणाचल प्रदेशको तेजु शहरमा बलात्कार गरेको आरोपमा पक्राउ परेका दुई जनालाई स्थानीयबासीले प्रहरी नियन्त्रणबाट छुटाएर कुटिकुटिगरी मारेका छन् ।

मृत्यु हुनेहरुमा ३० वर्षका सञ्जय सोबोरे र २५ वर्षीय जगदीश लोहर रहेका छन् । मृतकमध्ये एक जनालाई पाँच वर्षीय बालिकाको बलात्कारपछि हत्याको आरोप लागेको थियो भने अर्का एकजनालाई बलात्कारीलाई सघाएको आरोप लागेको थियो ।

अरुणाचल प्रदेशको प्रहरीले यस घटनाको पुष्टि गरेको छ । प्रहरीका डीआईजी (पूर्वी रेञ्ज० अपुर बिटिनले मिडियासँग कुराकानी गर्दै भने, ‘सोमबार १२ बजे आसपास करिब एक हजारको भीडले प्रहरी चौकीमा हमला गरेर दुवै आरोपीलाई कुटेर मारेका थिए । घटनामा केही प्रहरी पनि घाइते भएका छन् ।

यी दुवैलाई प्रहरीले आइतबार गिरफ्तार गरेको थियो ।

तेजु थानामा कार्यरत एक प्रहरीले नाम उल्लेख नगर्ने सर्तमा भने ‘सोमबार प्रहरी थानामा सयौं व्यक्ति आएका थिए । उनीहरुले जेलबाट दुई ब्यक्तिलाई थुतेर लगे र मारेपछि बजारमा शव छोडेर हिँडे ।

प्राप्त जानकारीअनुसार १२ फेब्रुअरीमा एक बच्चाको अपहरण भएको थियो भने पाँच दिनपछि चिया बगानमा उनको शव भेटिएको थियो । शव टाउको काटिएको अवस्थामा र नग्न थियो । एक अभियुक्तले प्रहरी समक्ष बालिकाको अपहरणपछि बलात्कार गरेको स्वीकारेका थिए ।

मुख्यमन्त्री पेमा खाँडुले बालिकाको बलात्कार एवं हत्याको घटनालाई बर्बरता एवं अमानवीय बताउँदै भीडले अभियुक्तको हत्या गर्नुलाई दुर्भाग्यपूर्ण भनेर टिप्पणी गरे । साथै उनले घटनाको जाँचको लागि आदेश दिएका छन् ।

प्रहरीले घटनाको जाँच गरिरहेको भन्दै कसैलाई पनि कानुन हातमा लिने अधिकार नभएको बताएको छ । घटनापछि तेजु थानामा कार्यरत तीन प्रहरीलाई बरखास्त गरिएको छ ।

सन २०१५ मा पनि नागाल्याण्डको दीमापुर शहरमा बलात्कार आरोपमा केन्द्रीय जेलमा रहेकालाई पिटीपिटी मारेर शव शहरको विचमा लगेर राखिदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।