0 COMMENTS

पोखरा २८ असार -पोखरामा भाडाका सवारी साधन अनिश्चितकालीन बन्द भएका गरिएका छन् । पृथ्वी बस ब्यबसायी समितिले विहान देखि भाडाका सवारी साधन अनिश्चितकाल बन्द गरेको हो।

गत २५ गते स्याङ्जा वालिङको रामबाच्छामा दुर्घटना हुदा मृतु भएका युवकको परिवारलाइ नियम बमोजिम क्षतीपुर्ति दिदा पनि नमाने पछि ब्यबसायीहरु बाध्य भएर सवारी साधान बन्द गर्न परेको पृथ्वी वस व्यबसायी समितिका महासचिव योगेन्द्र केसीले बताएका छन् ।

प्रशासनले असहयोग गरेको आरोप लगाउँदै पृथ्वी राजमार्ग बस सञ्चालक समितिले आन्दोलन शुरु गरेको छ । समितिका महासचिव योगेन्द्र केसीका अनुसार सरकार र प्रशासनका विरुद्धमा सोमबार पोखराबाट कुनैपनि सार्वजनिक सवारी साधन चलेका छैनन् । जसले गर्दा सर्वसाधारण गन्तव्यमा पुग्न सकेका छैनन् ।
समितिले पोखराबाट लामो तथा छोटो दुरीका तथा स्थानीय सार्वजनिक कुनैपनि सवारी साधन सञ्चालन नगरि आन्दोलनमा उत्रिएको छ । आफूहरु कानुन बमोजिम चल्दा पनि प्रशासनबाट सहयोग प्राप्त नहुँदा आन्दोलन निर्विकल्प बनेको उनले दावी गरे । शुक्रबार साँझ वालिङको रामबाच्छामा सवारी दुर्घटना पछि त्यस क्षेत्रमा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका कुनै पनि सवारी साधन सञ्चालन गर्न नदिइएपछि समिति आन्दोलित भएको हो । पृथ्वी राजमार्ग बस सञ्चालक समितिको बसमा मोटरसाइकल ठोकिएर मोटरसाइकल चालकको मृत्यु भएपछि त्यहाँका स्थानीयले पृथ्वीको बस तोडफोड गर्नुका साथै सञ्चालनमा आउन पनि नदिएको महासचिव केसीले जानकारी दिए ।

‘सरकारको नियम अनुसार मृतकलाई बिमा बापतको रकम दिन मञ्जुर हुँदा पनि हाम्रा सवारी सञ्चालन हुन दिइएन,’ केसीले भने, ‘हाम्रा सवारी तोडफोड हुँदा पनि प्रहरी मुकदर्शक बन्यो ।’ स्थानीयबासीले पृथ्वीको वालिङ शाखा र काउन्टरमा समेत तोडफोड गरेको केसीले जानकारी दिए । सरकारी नियम मानेर अगाडि बढ्न खोज्न प्रशासनले सहयोग नगरेको केसीले आरोप लगाए ।

पृथ्वीका बसहरु स्याङ्जाको स्याङ्जा बजार, बयरघारी र वालिङमा प्रहरीले नै रोकिदिएको केसीले बताए । ‘सुरक्षा दिन सकिदैन भनेर हाम्रो सवारी साधनलाई प्रहरीबाटै रोक्ने काम भयो,’ केसीले भने । अन्यायमा परेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको समितिका अध्यक्ष ऐनकुमार साईको भनाई छ । आन्दोलनबाट सर्वसाधरण यात्रुमा पर्ने समस्याप्रति समितिले क्षमा मागेको छ । आन्दोलनमा सबैको साथ र सहयोग रहने अध्यक्ष साईले विश्वास व्यक्त गरे । एक दिनको सार्वजनिक यातायात बन्दले पनि समस्याको समाधान ननिस्किए थप आन्दोलन गर्ने उनको चेतावनी रहेको छ । समस्या समाधानका लागी छलफललाई अगाडी बढाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।