0 COMMENTS

कलपना बोहरा ,अछाम २६ कार्तिक/निर्बाचन क्षेत्र नं २ प्रदेशसभा १ का सयुक्त बाम गठबन्धनका साझा उम्मेद्धार अक्कल रावल तितौडा क्षेत्रलाई धार्मिक पर्यटकयी स्थलकोरुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । तुर्माखाँद गाँउपालिका वडा नं ७ तोषिमा आईतबार भएको बाम गठबन्धनको सयुक्त चुनाबी आमसभालाई सम्बोधन गर्दै उम्मेद्धार रावलले तितौडा क्षेत्रमा रिंगरोड बनाई प्रयटकलाई आकर्षित गरी त्याँहाका स्थानीय जनताको आर्थिक अवस्थामा सुधार ल्याउन आफु र संयुक्त वाम गठबन्धनले पहल गर्ने वताएका हुन ।

कार्यक्रमको प्रमुख अथितीको आसनबाट बोल्दै उहाँले तोषीमा फलफुलको प्रचुर सम्भावना रहेकाले बामगठबन्धनले जितेमा सुन्तला र स्याउ जातीका फलफुलको पकेट क्षेत्रको रुपमा बिकास गरी युवाहरुलाई बिदश पलायनहुनबाट रोक्ने बताउनु भयो ।
नेकपा माओवादी केन्द्रका वडाध्यक्ष दिपक चलाउनेको अध्यक्षतामा भएको आमसभमा नेकपा एमालेका जिल्ला कमिटि सचिवालय सदस्य तथा निर्बाचन क्षेत्र नं २ प्रदेशसभा १ का चुनाब प्रचार प्रसार समितिका संयोजक कटक साँउद बिशिष्ट अथिती रहनु भएको थियो ।

यस्तै आमसभामा नेकपा माओवादीका पोटिव्युरो सदस्य दलवहादुर विसि, नेकपा एमाले जिल्ला सचिवालय सदस्य पदम बुढा, जिल्ला सचिवालय सदस्य भिम विष्ट, नेकपा माओवादीका केन्द्रिय आयोजक कमिटिका सदस्य जोरा सिंह विष्ट, राम वहादुर विक, एमाले जिल्ला सदस्य डवल सिंह चलाउने, एमाले सल्लाहकार सदस्य अम्मर नेपाली लगायतका अथिती रहनु भएको थियो ।

माओबादी केन्द्रका जिल्ला सदस्य दर्गा जैसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन युवासंघका जिल्ला सदस्य डम्बर चलाउनेले गर्नुभएको त्यहाँवाट अनेरास्ववियुका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख कमल कोलीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।