0 COMMENTS

काठमाडौं २६ कार्तिक २०७४/ एसीसी यू-१९ युथ एशिया कप क्रिकेटमा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र भारतबिरुद्ध १९ रनको ऐतिहासिक जीत हासिल गरेको छ । मलेसियामा जारी एसिसी यू १९ एसियाकपमा भर्खरै सकिएको खेलमा नेपालले भारतमाथि १९ रनको रोमाञ्चक जीत हात पारेको हो।

नेपालका लागि कप्तान दीपेन्द्रले ब्याटिङमा ८८ रन बनाए भने १८५ रन डिफेण्ड गर्न ४ विकेट पनि झारे। १८६ रनको लक्ष्य पछ्याएको भारतलाई १६६ रनमा अलआउट गर्नै नेपालले शानदार जीत निकालेको हो।

भारतका हिमांशु रानाले ४६, मान्जोत कोर्लाले ३५, अभिशेक शर्माले २७ तथा अर्थब तैडीले १३ जोडे। नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए। त्यस्तै पवन सर्राफले २ विकेट लिए।

त्यसअघि नेपाली कप्तान दीपेन्द्र सिंह ऐरीले कप्तान दीपेन्द्रले ८८ रनको महत्वपुर्ण पारी खेलेपछि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर १८५ रन जोडेको हो।नेपालका लागि सर्बाधिक ८८ रन जोडेका कप्तान दिपेन्द्रसिंह ऐरीले १०१ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।