0 COMMENTS

नयाँ दिल्ली – बोल्ड अन्दाजले हमेसा चर्चामा रहने अभिनेत्री ईशा गुप्ता यो साता बलिउडमा हट केक बनेकी छन् । उनले हालै गराएको एक बिकनी फोटो सुट चारै तिर चर्चाको बिषय बनेको छ । जिक्यु म्यागजिनको नोभेम्बर अंकका लागि खिचाएको उक्त तस्बिर उनले आफ्नो सामाजिक संजालबाट समेत शेयर गरेकी छन् । 

म्यागजिको यो अंकमा ईशाले महिलाहरु प्रति भारतीय पुरुषको सोच, आफ्नो सफलता र अन्य केही मुद्दाका बिषयमा बिचार राख्नेछिन् । ईशाका साथ गरेको वार्ताको केही अंस म्यागजिनले आफ्नो वेभसाइटबाट समेत सार्वजनिक गरेको छ ।
‘ईशा पेसाले वकिल होइन्, तर बहसमा उनलाई कहिलै पनि जित्न सकिन्न’ म्यागजिनले वेभसाइटमा उल्लेख गरेको छ । ‘बुबाले सधै आफुलाई वकिल किन नबनेको भनेर बारम्बार भन्ने गर्नु भएको छ’ ईशाले भनिन् ‘ मलाई यस्तो सोचले रिस उठ्ने गरेको छ । किन भने आजपनि महिालाले समान अधिकारका लागि लड्नु परेको छ ।’

ईशाको पछिल्लो चलचित्र ‘बादशाह’केही पहिले रिलिजमा भएको थियो । चलचित्रले बक्स अफिसमा कमाल गर्न सकेन । तर ईशाको अहिलेको तस्बिरले इन्टरनेटमा सनसनी मच्चाएको छ । अहिले सार्वजनिक बिकनी तस्बिरमा ईशा हदै सम्मको सेक्सी देखिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।