0 COMMENTS

oliकाठमाडौ, असार २७ ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विभिन्न बहानामा शिक्षालाई महागो बनाउने प्रवृत्ति बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडको नवौं साधारणसभाको शनिबार उद्घाटन गर्दै उनले सम्बन्धन, स्वीकृतिलगायत विषयमा विभिन्न चरणमा समस्या सिर्जना गरी नेपाली विद्यार्थीलाई महागो शुल्क तिर्ने गरी विदेश पढ्न जान बाध्य पार्ने गरिएको बताए ।
नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको मनमोहन मेमोरियल मेडिकल कलेजलाई एमविविएस स्वीकृतिका लागि मन्त्रालयबाट आशयपत्रसमेत प्राप्त भइसकेका अवस्थामा बिनाकारण सम्बन्धन दिन रोकिनु न्यायोचित नभएको उनको भनाई छ । करोडौं लगानी गरेर पूर्वाधार तयार भइसकेपछि मनमोहनलाई अन्तिम स्वीकृतीबाट रोकिदा धेरै सर्वसाधरणको शेयर जोखिममा परेको छ ।
संस्थाले नेपाली राजनीतिका महत्वपूर्ण व्यक्तित्व मनमोहन अधिकारीको स्मृतिमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिादै गरेको कार्य प्रशंसायोग्य भएको बताउादै उहााले यस कार्यका लागि आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । शिक्षा मन्त्री चित्रलेखा यादवले संस्थाका तर्फबाट मानवीय जीवनका अपरिहार्य विषय शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्न देखाएको क्रियाशीलता सकारात्मक भएको बताए ।
नेपाली राजनीतिमा निष्ठावान् राजनीतिज्ञका रूपमा आफूलाई स्थापित गरेका मनमोहन अधिकारीको स्मृतिमा स्थापित संस्थाले मानव सेवालाई केन्द्र बनाएर क्रियाशील हुने विश्वास गर्दै राम्रा र असल काममा सबैले प्रेरित गर्नुपर्ने उल्लेख गरे । संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले २०६२ सालमा स्थापित संस्थाले शिक्षा र स्वास्थ्यलाई आफ्नो लक्ष्य बनाई हाल त्रिभुवन विश्वविद्यालय र सिटिइभिटीअन्तर्गत विभिन्न आठवटा शैक्षिक कार्यक्रम सञ्चालन गरेको बताए ।
संस्थाले हाल स्वयम्भूमा तीन सय शय्या, ठमेलमा सय शय्या र झपामा सय शय्याको अस्पताल सञ्चालन गरिरहेको उनले जानकारी गराए । संस्थाका उपाध्यक्ष डा वंशीधर मिश्रले स्वास्थ्य सेवा, उच्च शिक्षा र अनुसन्धानलाई आफ्नो लक्ष्य बनाएको बताए । संस्थामा हाल दुई हजार ४१४ सेयर सदस्य छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।