0 COMMENTS

असार-२७, काठमाडौं । टी-२० विश्वकप छनोटको सनिबार रातिको खेल पानीले रद्द भएपछि नेपाल र नामिबियाले समान अंक बाँडेका छन् । यससँगै नेपाल दुई खेलबाट ३ अंकका साथ समूह 'ए'को शीर्ष स्थानमा उक्लिएको छ ।

सनिबार्को खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो तर, खेल हुनै लाग्दा नामिबिया र नेपालबीचको खेल बर्षाका कारण अबरुद्ध बन्यो । नामिबियाले ७ ओभरको खेलमा १ विकेट गुमाउँदै ५४ रन बनाएको अवस्थामा फेरि पानी पर्न थालेपछि खेल रोकिएको थियो । डीएल मेथडका आधारमा खेललाई १७ ओभरमा झारिएपनि नामिबियाले थप चार बल खेल्दा फेरी वर्षा भयो र खेल रद्द गर्दै समान अंक बाँडिएको हो ।

यस अघिको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । नामिबिया भने आरयरल्याण्डसँग पराजित बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।