0 COMMENTS

काठमाडौं, २७ असार ।टि–ट्वान्टी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा शनिबार नेपाल र नामिबिया बीचको खेल वर्षाले रद्ध भएको छ । पटक पटक वर्षाले खेल बिथोलेपछि खेल रद्द पारेको हो । उत्तरी आयरल्यान्ड स्थित स्टोरमोन्टमा तीन पटक खेल वर्षाले अवरुद्ध पारेपछि दुवै टोलीलाई १–१ अंक प्रदान गरिएको छ ।

प्रतियोगिताको तीन संस्करण खेल्दै गरेको नेपाल पहिलो पटक वर्षाका अगाडी नतिजा बिहीन हुन परेको हो । नेपालले यसअघि २० खेलमा १२ जीत र ८ पराजयको नतिजा निकालेको थियो ।

समूह ‘ए’ मा नेपाल ३ अंकसहित शीर्ष स्थानमा उक्लेको छ भने जर्सी र आयरल्यान्ड दुवैले आफ्नो पहिलो खेल जितेर क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । नेपालले शुक्रबार अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । नामिबिया शुक्रबार आयरल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । नेपालले सोमबार आयोजक आयरल्यान्डसँग भिड्ने छ ।

नेपालका कप्तान पारस खड्काले टस जिते पनि वर्षाका कारण १ घन्टा खेल हुन सकेन् । त्यसपछि पनि २० ओभर यथावत राखिएको खेलमा नामिबियाले निकै राम्रो सुरुआत गर्‍यो । ७ ओभरमा टोलीले १ विकेट गुमाई ५४ रन जोड्यो ।

नेपालले शनिबार ओपनिङ बलर करण केसीको स्थानमा जितेन्द्र मुखियालाई खेलाएको थियो ।

शनिबारकै अर्को खेलमा पहिलो पटक विश्व ट्वान्टी–२० छनोटमा प्रतिस्पर्धा गरिरहेको जर्सीले सनसनी प्रदर्शन गर्यो । जर्सीले हङकङलाई ९ विकेटले पराजित गर्‍यो । पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ५३ रन बनायो । जर्सीले ओपनरद्वय इडवार्ड फार्लीको ५७ र पिटर गफको नटआउट ८१ रनमा १७.२ ओभरमै लक्ष्य पुरा गर्‍यो ।

समूह ‘बी’ मा नेदरल्यान्ड्सले सहआयोजक स्कटल्यान्डलाई ३२ रनले पराजित गर्‍यो । ओमानमाथी ७ रनको विजय हात पार्दै केन्याले लगातार दोस्रो खेल जित्यो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।