0 COMMENTS

रमिला बस्नेत , उदयपुर मंसिर १७,/भनिन्छ संसारमा अामा निकै महान हुन्छिन् ।हरेक बालबालिकालाई अामाले नै याे संसार हेर्ने र नियाल्ने अवसर प्रदान गर्दछिन्। यस्तै मध्यका पनि महा मानव भित्र पर्ने यदाकदा कहि भेटिने महान अामाहरु हुन्छन् ।यसैका एक प्रतिनिधि पात्र उदयपुरकाे बेलटारमा बसाेबास गर्ने कल्पना खत्रीको कथा जस्तै लाग्ने वास्तविक जीवन पनि यस्तै छ।

२०३४ साल बैशाख १०गते बुबा कुल ब खड्का र अामा कृष्णामाया खड्काको छाेरिकाे रुपमा जन्मिएकि हुन।कल्पना खत्रि २०५० साल बैशाख २६ गते बेल्टार झाेडापाटामा दुर्गा बहादुर खत्रिसंग बैवाहिक सम्बन्धमा गासिएकि हुन । उन्का अहिले १छाेरि र ४छाेरा छन। उनीहरू सबैजना बिध्यालय पनि जान्छन् । खत्रीको जेठि छाेरि संगिता ५४/३/२६/ ,छाेरा संदिप ५९/२/१,छाेरा सुदिप ६१/३/२४ र जुम्ल्याहा छाेराहरु राम,लक्ष्मण ६५/३/२४ मा जन्मिएका हुन। २०७३ असाेज २ गते खाेटाङ्गकाे माेवाबाेटे गा.बि.स. राङ्भाङ्गे टाेलमा बुबा निर ब.खड्का र अामा गंगा माया खड्काको काेखबाट जन्मिएका जुम्ल्याहा बालिकाहरु जस्ले अाफ्नाे अामाकाे स्तनपान त पर‌ै जाअाेश अामाकाे न्यानाे स्पर्शसमेत गर्न पाएनन् ।

तर पनि उनिहरुकाे यश संसार देख्ने सपनालाई साकार पार्न कल्पना साबित भइन।अाज पनि उनी हरेक दिन बालिकाहरुकाे संसार हेर्ने सपना साकार पार्न अहाेरात्र खटिरहेकि छिन्। र उन्का २ जुम्ल्याहा छाेराका साथै ती जुम्ल्याहा छाेरिहरुलाई याे देशको ठुलो मान्छे बनाउने सपना बाेकेर हिडिरहेकि छिन। सामान्य परिवारकि कल्पनाको बिचार भने असमान्य छ।सृजनसिल साेचकि धनी कल्पना अाज समाजलाइ नै सकरात्मक बाटाेतर्फ लम्कन प्रेरणाकि स्राेत बनेकि छिन।उनिहरुकाे अामाकाे मृत्युपश्चात् बुबाले पनि उनिहरुलाई हेर्न अाएनन।ती जुम्ल्याहा नानि सरहकाे ३ जना दिदिहरुपनि सानै छन् । फेरि पनि छाेरि नै जन्मिएकोले उनिहरुकाे बुबा नीर ब. खड्काले बेवास्ता गरेका हुन।

त्यस्तो कुरा थाहा पाएपछि कल्पनालाई माया लाग्याे अनि नानिहरुलाई अाफ्नाे घरमा ल्याएर गाईकाे दूध र ल्याक्टाे जिन ख्वाउन थालिन। कल्पना भन्छिन् “नानिहरु रात भरि रुन्थे , उनिहरुलाई फकाउदै बिहान हुन्थ्यो ,कति रात त सुतिन पनि” । सुरुमा त श्रीमान दुर्गा खत्रिले पनि गालि गर्नुभयाे, यतिसम्म कि घर बाट निस्किएर जा भनेर २ महिनासम्म सम्पर्क बिहिन भए। काेहि काेहि गाउलेहरुले समेत २ महिना भइसक्यो तेराे लाेग्ने सम्पर्क बिहिन भएकाे याे बच्चा संग तेरो के सम्बन्ध ? के माया? बच्चा ठुलो कि लाेग्ने ? जस्ता प्रश्न,गर्दै निराश बनाउथेँ।

तर पनि ममताकि खानि कल्पनाले ती बच्चिहरुकाे मायाले छाेड्न सकिनन। जब कल्पनाको श्रीमान् दुर्गा बैदेशिक राेजगारबाट बिदा मिलाएर घर अाएर बच्चिहरु हेरे अनि कल्पना संग माफि मागे। अनि बजार गएर दुबै नानीलाई कपडा र खेलाैँना लिएर अाए साथै ती नानिहरुकाे जन्म दर्ता पनि बनाईदिए। अहिले पनि कल्पनाका श्रीमान् दुर्गा खत्रि घरमा फाेन गर्दा सबैभन्दा पहिले तिनै नानिहरुकाे अावाज सुन्न अातुर हुन्छन् ।अब नानिहरु हिड्न ,थालिसकेका छन्,नानिहरुलाई राम्रोसँग पढाउने कुरा पनि कल्पनाले बताइन। श्रिमानले बिदेशबाट पठाएकोले मात्रै ब्यवहार धान्न गाह्राे हुनाले अाफु पनि अझै मेहेनत गरिरहेकि छिन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।