0 COMMENTS

भक्तपुर, १७ मंसिर०७४/ भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएको पूर्वमन्त्री एवं नेकपा(एमाले)का युवा नेता महेश बस्नेतको गुण्डुस्थित घरको गेटमा बम भेटिएको छ ।

आज साँझ करिब ८ बजे बस्नेतको घरको बाहिरको मूल गेटमा नयाँ ठूलो झोलामा शंकास्पद वस्तु राखेर झुण्ड्याएको अवस्थामा भेटिएपछि स्थानीयवासीले सुरक्षाकर्मीलाई खबर गरेका थिए ।

खबर पाएपछि पुगेका नेपाली सेना र प्रहरीको टोलीले राति करिब ९ बजे बमलाई निष्क्रिय गरेको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । उम्मेदवारको परिवार र स्थानीय बासिन्दालाई आतंकित पार्न यस्तो प्रयास गरेको हुनसक्ने स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।