0 COMMENTS

कल्पना बोहरा ,अछाम १७ मंसिर/नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधी सभा क्षेत्र नं.१ का उम्मेदवार भीम रावलले नेपाली काँग्रेसको सत्ता स्वार्थका कारण देशमा जनयुद्ध भएको जिकिर गर्नुभएको छ । संयुक्त वामगठबन्धनको क्षेत्र नं.१ को चुनावी आमसभालाई आज साँफेबगर सम्वोधन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रावलले तत्कालिन जनमोर्चाले ४० सुत्रिय माग राखेपनि कुनै सुनुवाई नभएपछि देशमा जनयुद्ध भएर १६ हजार नेपालीले ज्यान गुमाउनु परेको दावि गर्नुभयो ।

उहाँले २०५२ सालमा अहिलेका प्रधानमन्त्री शेरबहादुर गृहमन्त्री हुँदा जनमोर्चाकाे मागलाई सम्वोधन गर्न आग्रह गर्दापनि सुनुवाई नहुँदा देशमा द्धन्द्ध हुँदा राष्ट्रमा ठूलो क्षेती भएको बताउनुभयो । वाईट यस्तै उपाध्यक्ष रावलले नेपाली काँग्रेस चुनाव हार्ने डरले पैसा वाँडेर चुनाव जित्ने षडयन्त्र गर्दै आएपनि अछामी जनताले कुनै हालतमा पनि साथ नदिने बताउनुभयो ।

यस्तै चुनावी आमसभालाई सम्वोधन गर्दै नेकपा माओवादीका सचिवालय सदस्य तारमान स्वाँले राजनीतिक क्रान्ति समाप्तपछि अव आर्थिक क्रान्तिको लागि वाम गठबन्धन एक भएको उहाँले बताउनुभयो ।

यस्तै चुनावी आमसभालाई सम्वोधन गर्दै प्रदेश सभा १ का उम्मेदवार गोविन्द कुँवरले आफू निर्वाचित भएपछि सहकारी मार्फत जनताको पैसा हिनामिना गर्ने काँग्रेसका उम्मेदवार मेघराज खड्कालाई कार्वाही गर्ने बताउनुभयो । यो प्रदेशलाई सम्मुनत विकासको लागि लाग्ने बताउनुभयो । वाईट चुनावी आमसभालाई सम्वोधन गर्दै प्रदेश सभा २ का उम्मेदवार झपट वोहराले आफू निर्वाचित भएपछि यस क्षेत्रका जनताको जीवनस्तर माथि उकास्ने कार्यक्रम ल्याउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।