0 COMMENTS

काठमाडौ – २०७२।१।१२ गएकाे बिनाशकारी भूकम्प तेसकाे पराकम्प हरूबाट पीडीत हरूलाइ २०७२।२।३० गते शनीवार बुढानिलकण्ठ  नगरपालीका १४ मा रहेकाे पैयाटारमा समाजकाे अावाज तथा नयाँ शक्ती नेपालले सहयाेग समाग्री बीतरण गरेकाे

 

बीगत लामाे समय देखी कपनको सामाजीक क्षेत्रमा काम गर्दै आइरहेकाे उत्साहि युवाहरूकाे सक्रीयतामा स्थापीत गरीएकाे सामाजीक संस्था समाजको आवाज सस्थाका शुभ चीन्तक तथा स्वदेश,बीदेशमा रही देशकाे मायाँ मन मुटुभरी बेकेकाे राण्ट्रप्रेमी युवा हरूकाे समूह शान्ती,नीकास,बिकास बीचारका लागि नयाँ शक्ती नेपाल ले संकलन गरेकाे सहयाेग रकम बाट कार्यक्रम गरीयकाे कुरा कार्यक्रममा जानकारी गराइएकाे थीयाे

 

कार्यक्रममा अपांङ्ग, सुत्केरी, साहारा नभएका वृद्धबृद्धा आर्थिक रूपमा अत्यन्तै कमजोर २७ परिवारलाई २५ के जि को दरले एक/एक बोरा चामल अन्य सामाग्री (दाल, तेल, आयोनुन, चियापत्ती, चिनी, साबुन, सर्फ आदि) सहयोग स्वरूप उपलब्ध गराइएकाे थयाे

 

 

बि २०१६ सालमा स्थापनाभएकाे ७५० जनाले अध्ययन गर्दै गरेकाे दोलखाको काटाकुटी गा बि स्थित श्री बिरेन्द्र उच्चमाविको वटा भवनको सम्पुर्ण कोठा फर्निचरहरु नस्ट भएकाे ले उक्त स्कुलकालागी रू १०००००। एकलाख रकम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नीर कुमार कार्कीलाई (मोबाइल ९८४१४२२०१५)  हस्तान्तरण गरियएकाे थीयाे

नयाँ शक्ती नेपालका नेपाल संयाेजक कमलराज श्रेण्ठ भन्नुहुन्छ  अबकाे केही दिनमै नेपालमा  बर्षा शुरूहुदैछ भूकम्पले चीरा परेकाे जमीनमा बर्षाले पैराे जाने सम्भावना हुन्छ तेसैले नेपालका लागी यस्ताे खाले सहयाेग अझै धेरै गर्नु बाकीनै रहेकाे बताउदै देश बीदेशमा रहनु भएका नयाँ शक्ती नेपालका साथीहरू नेपाली अमालाइ मायाँ गर्ने सबैलाइ अफ्नाे तर्फबाट सकेकाे  सहयाेग जारी राख्न अनुराेध गर्नु भयाे भने समाजकाे अवाजका अध्यक्ष राजु बस्नेतले बिदेश बाट देशलाइ माया गरेर अफ्नाे गाँस काटेर हामीलाइ बीश्वास गरी पठाएके रकम काे पुर्ण सदुपयाेग गर्दै पीडीत हरूकाे मा प्रतक्ष अफुहरूनै पुगी सहयाेग गर्दै जाने बताउनु भयाे   

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।