0 COMMENTS

15658136_1382092138476855_958818157_o काठमाण्डाै,५ पुस/  गोकर्णेस्वर-१२ मा रहेको शान्ति आदर्श माध्यमिक विद्यालयले आयोजना गरेको प्रथम शान्ति आदर्श कप अन्तर विद्यालय विद्यार्थी/शिक्षक फुटसल प्रतियोगिता उत्घाटन भएको छ । नारायणटारको जोरपाटी फुट्सलको मैदानमा भएको प्रतियोगिताको
उत्घाटन नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्ले ले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी कुन्दन काफ्ले र सभापति ऋषिकेश बरालले गोल हानेर उत्घाटन गरेको पहिलो खेलमा नेपालय स्कुलले पिस नेपाल स्कुललाई १२ का विरुद्ध २ गोल अन्तअरले पराजित गरेको थियो । दोश्रो खेलमा नव अरुणिमा स्कुलले मनकामना स्कुललाई ८-0 का अन्तरले र तेश्रो खेलमा इस्ट्पोल स्कुलले आयोजन शान्ति आदर्श स्कुललाई ४ -३ गोलले पराजित गरेको थियो । शिक्षक तर्फको खेलमा बाल गितान्जली स्कुलले इस्ट्पोल स्कुललाई १२ – ४ गोलले पराजित गर्‍यो भने अन्तिम खेलमा लिटल बड स्कुलले छाहारी स्कुललाई ८ -0 को विशाल अन्तरले पराजित गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।