0 COMMENTS

15666364_383398295326422_788126588_nचित्रकुमार कार्की,समाजकाे अावाज,उदयपुर,४ पुस /झण्डै महिनादिन अघि मेरुदण्ड भाँचिएर थलो परेकी एक घाइतेको स्वास्थ्योपचार लागि मुडुला कार्कीहरुको संगठन मुडुला कार्की सेवा समाजले आर्थिक सहयोग गरेको छ । घाँस झार्दै गर्दा रुखबाट लडेर गम्भीर घाइते त्रियुगा नगरपालिका १३ भाण्टाबारीकी २४ वर्षीया मन्दिरा कार्कीको उपचारका लागि समाजले सहयोग गरेको हो ।
समाजका केन्द्रिय अध्यक्ष बिश कार्की र महासचिव चित्रकुमार कार्कीले उपचारबापत ३० हजार रुपैयाँ रकम घाइतेलाई हस्तान्तरण गरेका थिए । स्थानीय, नागरिक समाज, पत्रकार सहितको उपस्थितीतिमा आयोजित हस्तान्तरण कार्यक्रमपछि आफ्नो समुदायका हरेक पीडितहरुलाई राहत महसुस गराउन सहयोग उपलब्ध गराएको अध्यक्ष कार्कीले जानकारी दिए । घाइतेको घरैमा पुगेर परिवारका सदस्यलाई रकम हस्तान्तरण गरिएको हो ।
सहयोगको याचना
मंसिर ७ गते घाँस काट्नेक्रममा रुखबाट लडेर गम्भीर घाइते अवस्थामा रहेकी मन्दिराको परिवार आर्थिक रुपमा बिपन्न भएको भन्दै सहयोगी हातहरुलाई सहयोगको याचना गरिएको छ । ‘१९ दिनमै अढाई लाख सकियो’ घाइते मन्दिराकी नन्द रेनुकाले भनिन्, ‘अझै ६ महिना अस्पतालमै राख्नुपर्ने डाक्टरको सल्लाह छ खर्चले कसरी धान्ने ।’
घाइते मन्दिरालाई तत्कालै मोरङको बिराटनगरस्थित नोबेल हस्पिटलमा उपचारका लागि १९ दिन राखिएको तर खर्च सकिएपछि घर फर्काइएको रेनुकाले बताइन् । ६ महिना पूरै डाक्टरको निगरानीमा रहे निको हुने डाक्टरको सल्लाह पाएपनि महिनादिन नपुग्दै घरबाट ल्याएको जम्मा रकम अढाईलाख सकिएपछि अन्य स्रोत नहुदा समस्या आएको रेनुकाको भनाई छ ।
गाँस बासको चिन्ता
भूकम्पले तहसनहस बनाएको घर पुःन निर्माणका लागि पूर्ण रुपमा भत्काइएको केही दिनमै मेरुदण्ड खुस्कीएको मन्दिरालाई उपचार र स्याहार पनि व्यवस्थित हुन सकेको छैन । घर भत्काएर अर्को नयाँ नबनाएसम्मका लागि मन्दिरा परिवार स्थानीय छिमेकी सुवर्ण मगरको घरमा अस्थायी बसोबास गर्दै आएका थिए । घर बनाउन तयारी गरेको रकम मन्दिराको उपचारका लागि खर्च भएर पनि अपुग भएपछि गाँस र बास दुवै धरासय बनेको घाइते मन्दिराकी नन्द रेनुकाको भनाई छ ।झण्डै ६ महिनाअघि अर्थात साउन २८ गतेमात्र बैदेशिक रोजगारीका लागि घाइते मन्दिराका श्रीमान् साउदी गएका थिए । त्यस्तै घरमा आर्थिक संकट परेपछि मन्दिराका दुई छोरा ५ वर्षीय रोहित (एलकेजी) तथा ३ वर्षीय रञ्जीत (नर्शरी)को पढाईमा पनि बाधा पुगेको परिवारले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।