0 COMMENTS

pradhikaranकाठमाडौं,४ पुस/लोडसेडिङ हटाउने अभियानमा अवरोध गरेको आरोपमा नेपाल विद्युत् प्राधिकरणका तीनजना सञ्चालकलाई सरकारले बर्खास्त गरेको छ ।

उर्जा मन्त्रालयले प्राधिकरण सञ्चालक समिति सदस्यहरु लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई हटाएको हो ।

विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्ने अभियान चलाइरहेका बेला यी तीन सञ्चालकले अवरोध गरेका थिए । उनीहरुलाई मन्त्रालयले स्पष्टीकरण सोधेकोमा चित्तबुझ्दो जवाफ नभएको र राष्ट्रहितको काममा अवरोध पुर्‍याएको भन्दै बर्खास्त गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।