0 COMMENTS

काठमाडौं, साउन ३१ – नेपाल १६ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा भारतसँग पराजित भएको छ । बंगलादेशको सिल्हेतमा भएको खेलमा भारतसित १–० ले पराजित हुँदै नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो ।

भारतलाई जिताउन रोहिम अलीले २२ औं मिनेटमा गोल गरे । भारतले अब फाइनलमा बंगलादेशसँग खेल्ने छ । नेपाल यसअघि सन् २०११ को सेमिफाइनलमा र २०१३ को फाइनलमा भारतसित पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।